बलिउडले नै दु:ख पाएको दुवइको महँगो म्यूजिक भिडियो (भिडियो सहित)

मेचीकाली-
विदेशी भुमीमा बसेर नेपाली कला , संस्कृतिलाई आत्मसाथ् गर्दै नेपाली पन र नेपाली भाका बोकेका बिभिन्न गीतहरुमा अभिनय गर्दै आउनु भएका मोडल मोहन बोगटी द्वारा अभिनित पछिल्लो गित "बतास बनि " मिडियामा सार्बजनिक भएको छ । मोहन लाई भिडियोमा अर्की फिमेल मोडल सुनिता शर्माले  साथ् दिएकी छिन । संचारकर्मी  दयाराम घिमिरेले निर्देशन गर्नु भएको यस भिडियोमा मोहन र सुनिताले निकै मेहेनत गर्नु भएको छ ।


गोर्खा घर भएका मोहन नेपालमा ७ बर्ष नेपाल आर्मीमा रहेर दुबई पुलिसमा कार्यरत हुनु भएको हो । उनले नेपालमा आएर करिब आधा दर्जन म्युजिक भिडियोमा अभिनय पनि गर्नु भएको छ । कस्सिएको जिउ र क्यामेरा फ्रेन्डली अनुहार भएका मोहन लाई पछिल्लो समय चलचित्रको लागि पनि अफर हरु आउँन थालेका छन् । 

तर आफ्नो काम प्रतिको जिम्मेवारीको कारण उनले चलचित्र खेल्न्न समय निकाली रहेको बताएका छन् ।मोहन चलचित्रमा पनि स्टन्ट भूमिकामा आउन चाहन्छन । संगितकार तेनहाङ राइको दोश्रो गिती एल्वम "सरलता" मा समावेश गरिएको उक्त गितमा तेनहाङ राइको संगित , दयाराम घिमिरेको शव्द एव डेबिड शंकरको आवाज रहेको छ ।


पछिल्लो समय नेपाली गितको म्यूजिक भिडियोहरु पनि बिदेशमा लगेर छायांकन गरिन थालिएको छ । तर बिदेशी भूमिमा गएर म्युजिक भिडियो निर्माण गर्दा निकै मेहेनत गर्नु पर्छ त्यस माथि पनि अझ यस गित खिचिएको ठाउँ भनेको दुवइको एकदमै महँगो र छायांकन  गर्न गाह्रो ठाउँ हो । 

एक समय बलिउड मुभी "रेश" ले आफ्नो क्लाईमेक्स छायांकन गर्दा निकै दु:ख पाएको यूएइको अलआइनमा रहेको पहाडमा यस गीतलाई छायांकन  गरिएको छ । पहिलो पटक नै भन्नु पर्छ महँगो अनि निकै गाह्रो ठाउँमा गएर छायांकन  गर्ने म्युजिक भिडियोको लिष्टमा यो भिडियो अगाडी आउँछ ।

सानो क्रीउ मेम्बर लिएर दुवै गएका निर्देशक दयाराम घिमिरेले नै यस भिडियो लाई खिच्नु भएको हो , सम्पादन भने बिरेन्द्र भाट बिपिन ले गरेका हुन् ।

,

0 facebook

यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्

Thank you for the comments on this news