मंगलबारको भुकम्पले अछामका दर्जनौ विद्यालय भत्किए

पुजा शाही, वैशाख ३० अछाम-
मंगलबार आएको भुकम्पको झट्का अछाममा पनि महसुस भएको छ । भुकम्पले जिल्लाको केहि ठाउँमा भौतिक क्षति गरेको जानकारी छ । भुकम्पका कारण जिल्ला बिभीन्न बिद्यालय भवन र घरहरुमा सामान्य असर परेको छ । 

भुकम्पले ढुगाचाल्ना गाबिसमा रहेको अष्टसिद्धि माविको विद्यालयको भवन पुरै चर्किएको शिक्षक कर्ण बुढाले जानकारी दिनुभयो ।

यस्तै जाल्पादेबी निमाबि बजगाउँ मष्टाबन्डाली अछामको ४ कोठे भवन भत्किएको छ भने सान्नीकोट निमाबि कालीका ६ अछामको भवन पनि बीचभागबाट चिरा परेको छ । 

स्थानिय लक्ष्मण साँउदले दिएको जानकारी अनुसार बिद्यालय भवन पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । यस्तै जिल्लाको पायल ४ स्थीत नागातोला प्राबिको भवन पनि भत्कीएको छ । भुकम्पका कारण बिद्यालयको ५ कोठे भवनमा क्षति गरेको बिद्यालयका प्रधानाध्यापक पूर्ण कुमालले जानकारी दिनुभएको छ । यस्तै दयपिपलतोला लुंग्राको २ वटा भवन पनी चर्कीएको छ । 

विद्यालयको १० कोठे र ४ कोठे २ वटा भवन चर्किएको खबर विद्ययालयले दिएको छ । भुकम्पकै कारण सदरमुकाम मंगलसेनका केही केही घरहरु पनि चर्किएका छन् । 

0 facebook

यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्

Thank you for the comments on this news