जुम्लामा पनि भूकम्पबाट क्षति, क्षतिको विवरण संकलन हुँदै

कृष्णमाया उपाध्याय, वैशाख ३० जुम्ला-
मंगलबार गएको  भूकम्पले जुम्लाका २ घर, एक प्रहरी चौकी र एक मन्दिरमा क्षति पुगेको छ । 

कुन ठाउँमा कति क्षति भएको छ भन्ने विषयमा विस्तृत जानकारी लिनको लागि जिल्ला प्रहरी कार्यालय जुम्लाबाट प्रहरी टोली खटाईएको हो । 

अहिलेसम्म  हाँकु प्रहरी चौकी, ट्राफिक प्रहरी कार्यालय, चन्दननाथ नगरपालिका वडा नम्बर ५ मालाभिडमा रहेको गणेश मन्दिरमा  र चन्दननाथ नगरपालिकाको वडा नम्बर १३ मा रहेको नवराज रावलको घरमा क्षति पुगेको प्रहरी नायव उपरिक्षक बलराम राईले जानकारी दिनुभयो । 

यस्तै साल्ट टे«डिङ्ग कर्पोरेशनको कार्यालय पनि चर्किएको भनिए पनि पुष्टी हुन बाँकी रहेको सहायक प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद न्यौपानेले बताउनुभयो । उहाँले जिल्लामा भूकम्पबाट हुन सक्ने क्षतिलाई मध्यनजर गरेर जिल्ला प्रहरी कार्यालयबाट टोली खटाईएको समेत जानकारी दिनुभयो ।

,

0 facebook

यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्

Thank you for the comments on this news