विद्युतीय प्रविधिको प्रयोग गरी माछा मार्नेक्रम बड्दै
![]() |
| फोटो : Google |
(रेडियो बाजुरा) वैशाख २९ बाजुरा-
जिल्लाका अधिकांश स्थानीय खोलामा विद्युतीय प्रविधिको प्रयोग गरी माछा मार्नेक्रम बढेको पाइएको छ । सरोकारवाला निकायको प्रभावकारी अनुगमन, निगरानी र नियन्त्रण नहुँदा अवैध रुपमा माछा मार्ने क्रम बढेको हो ।
विद्युतीय प्रविधिको प्रयोग गरी माछा मार्ने काम कानुन विपरित कार्य हो । विभिन्न प्रविधिको प्रयोगले खोलामा रहेका सम्पूर्ण जीप जन्तुलाई समेत असर पर्ने र त्यसको प्रत्यक्ष प्रभाव वातावरणमा पर्ने भएकोले राज्यले कानुनी रुपमै बन्देज गरेको छ ।
तर स्थानीयले भने मानोमानी रुपमा माछा मार्ने र अन्य जीप जन्तुलाई समेत नष्ट गर्ने गरेको जन गुनासो रहेको छ । बाजुरा सदरमुकाम मार्तडी नजिकै पर्ने बाउली, अनाई र चुथीखोला, बुढीगंगा, भौनेरा लगाएतका स्थानीय खोलामा विद्युतीय प्रविधिको प्रयोग गरेर माछा मार्ने गरिएको छ ।
प्रकुतिलाई अनुकुल राख्ने जीपहरु नष्ट हुँदा समेत स्थानीय प्रशासन देखि गाविस जिविस र नगरपालिका मौन रहेका छन् । बाउली अनाई, भौनेरा लगायका खोलामा विद्युतीय प्रविधिको प्रयोगले माछासँगै, भ्यागुत्ता, सर्प, लगायतका जीवहरु मरेर कुहिएको स्थानीय सविन विकले बताउनु भएको छ ।







0 facebook
यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्
Thank you for the comments on this news