असिनाले गहुँ बालीमा क्षति
![]() |
| फाइल फोटो |
(रेडियो बाजुरा) वैशाख २९ बाजुरा-
सोमबार दिउँसो परेको असिना पानीका कारण अन्न बालीमा क्षति पुगेको छ । हप्ता विराएर आउने गरेको असिना पानीले जिल्लाका विभिन्न गाविसमा लगाएको अन्न बालीमा क्षति पुर्याएको खबर प्राप्त भएको छ ।
असिना दहकोट, मानाकोट, आटीचौर र बडिमालिका नगरपालिका को जुगाडामा बढी आएको बताइएको छ ।
पाकी सकेको अन्न बाली केहि नरहने गरी नष्ट पारेको छ । असिनाकै कारण गहुँ, जौ, बालीसँगै, धान, कोदोको बेर्ना, फलफूल र तरकारीमा समेत क्षति पुर्याएको छ ।
सोमबार दिउसाँको असिनाले दहकोट १ गर्जेमा नल समेत नरहने गरी क्षति पुर्याएको स्थानीय भीमबहादुर बोहराले जानकारी दिनु भएको छ । त्यस्तै जिल्लको जयबागेश्वरी गाविसमा पनी असिना पानिका कारण पाक्न लागेको गहुबाली, तरकारी आलुमा पनी पूर्ण रुपमा क्षेती पर्याएको जानकारी प्राप्त भएको छ ।







0 facebook
यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्
Thank you for the comments on this news