शिक्षामा राजनीति गरियो : पौडेल

(जिल्ला शिक्षा अधिकारी रमेशराज पाैडेल)
(रेडियो बाजरा) वैशाख २९ बाजुरा–
जिल्ला शिक्षा अधिकारी रमेशराज पौडेलले शिक्षामा राजनीति गर्दा शैक्षिक गुणस्तर सुधारमा समस्या आएको बताउनु भएको छ । विद्यालय व्यवस्थापन समिति गठन देखि अन्य भौतिक निर्माणका काममा पनि राजनीति गर्ने गलत संस्कारले शैक्षिक गुणस्तरमा समस्या ल्याएको उहाँको भनाई रहेको छ ।

रेडियो बाजुराको नियमीत कार्यक्रम साझा सरोकारमा बोल्दै पौडेलले जिल्ला बासीको चेतना स्तर पनि निकै कमजोर भएकोले यस्तो समस्या आएको बताउनु भएको छ । समयमै पाठ्य पुस्तक नपुग्न, विभिन्न बाहनामा भर्ना शुल्क लिनु गलत भएको बताउँदै त्यो गरेको भेटीए कार्वाहि गर्ने चेतावनी दिनु भएको छ । 

शिक्षकहरुले कार्यशैली प्रति सन्तुष्ट नभएको बताउँदै पौडेलले आफ्नो कर्तव्य पालना गर्न अनुरोध गर्नु भएको छ । शैक्षिक सत्रको एकमहिनासम्म पनि कोल्टी क्षेत्रका विद्यालयमा पाठ्य पुस्तक नपुगेको प्रसंगमा पौडेलले त्यो समस्याको साधान तत्काल गर्ने गरी आफू लागि परेको बताउनु भएको छ । 

जिल्ला व्यापी रुपमै शैक्षिक अवस्थाको मूल्याकन तथा अनुगमन गर्न आवश्यक रहेको बताउँदै विद्यालय निरिक्षक र श्रोत व्यक्तिले ल्याएको प्रतिवेदनका आधारमा गतिविधि अघि बढाउनु बताउनु भएको छ । उहाँले राजनीतिक दलका नेताहरुले दबाब दिने गरेकोमा गुनासो गर्नु भएको छ । 

,

0 facebook

यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्

Thank you for the comments on this news