कालीगण्डकी बग्न थालेपछि स्थिति सामान्य बन्दै
कमल खत्री,जेठ ११ म्याग्दी-
म्याग्दीको बैँसेरीमा गएको भिषण पहिरोले थुनिएको कालीगण्डकीको तलाउ करिब १६ घण्टापछि आइतबार साँझदेखि बग्न थालेपछि अहिले अवस्था सामानय हुँदै गएको छ ।
म्याग्दीको बैँसेरीमा गएको भिषण पहिरोले थुनिएको कालीगण्डकीको तलाउ करिब १६ घण्टापछि आइतबार साँझदेखि बग्न थालेपछि अहिले अवस्था सामानय हुँदै गएको छ ।
आइतबार राती १ बजे म्याग्दीको राम्चे ९ को काफलडाँडाको पहाड खसेर भगवती गाविस २ बैसरी र राम्चे ९ को फेदीमा थुनिएको कालीगण्डकी तलाउ भरिएर आफैं खुलेको थियो ।
सुरुमा तलाउ बनेको बाँध माथिबाट बग्न सुरु गरेको कालीगण्डकी एक घण्टासम्म तिब्र बेगमा सतह बढेर बगे पनि बिस्तारै पानीका बहाव आफैं नियन्त्रणमा रहेको बगेको कुनै क्षति नभएको हो । म्याग्दीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीका अनुसार तत्कालका लागि कालीगण्डकीको नदीको त्रास छैन ।
पहिरो र त्यसपछि बनेको तलाउका कारण बेनी जोमसोम सडकमा करिब डेढ किलोमिटर क्षति गरेको छ । सडक अवरुद्ध बनेको छ । पहिरोले घर पुरीएपछि बैसरी र राम्चे ९ का बासिन्दाहरु केही माथि रहेको रिसिन चौतारीका आफन्तकहाँ आश्रय लिएर बसेका छन् ।







0 facebook
यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्
Thank you for the comments on this news