बबई सिचाई आयोजनाको निर्माण कार्य तिव्र रुपमा बन्दै
![]() |
| फाइल फोटो |
हेमन्त चौधरी, जेठ ११ बर्दिया-
बर्दिया जिल्लामा बबई सिचाई आयोजनाको निर्माण कार्य धमाधम भइरहेको छ । नेपालको गौरव सिचाईं आयोजना नाम दिइएको सिचाई आयोजनाको विभिन्न स्थानमा ५० बढि कम्पनी र ठेकेदारहरुले बाँकी रहेको नहरको दु्रत गतिमा निर्माण कार्य जारी राखेका छन् ।

२४ सय मिटर लामो निर्माण गर्ने जिम्मा पाएको पप्पु मल्ल देभ एण्ड साएर जेभीले करिव ५० प्रतिशत नहर निर्माणको कार्य सकिएको दावी गरेको छ । कम्पनीबाट मुख्य जिम्मा पाएका ठेकेदार नविन कुमार श्रेष्ठले करिव ११ सय मिटर वेट र १२ सय मिटर स्वोलोप सकिएको दाबी गरेका हुन् । ठेकेदार श्रेष्ठका अनुसार २४ सय मिटर लामो नहर करिव १० करोड लागतमा निर्माण भइरहेको छ ।
आगामी बर्ष २०७३ साल जेष्ठ १५ गतेसम्म निर्माण सम्पन्न गरिसक्नु पर्ने योजना रहे पनि ६ महिनामै ५० प्रतिशत काम सम्पन्न भइसकेको दावी छ । नेपालको गौरव भनिएको सिचाई आयोजना निर्माणका लागि सरकारले चाहे जस्तो सहयोग गर्न नसके पनि निर्माणका जिम्मा पाएका कम्पनी, ठेकेदारहरुले काम द्रुत गतिमा अगाडी बढाएको बताएका छन् ।
ठेकेदार श्रेष्ठले नेपालको गौरव भनिए पनि नेपालको कुनै पनि सिमेन्ट प्रयोगमा निषेध गरिएको तथा ढुङ्गा गिट्टी बालुवा ल्याउने कार्यमा विभिन्न बाधा अड्चन भइरहेकाले भने केही समस्या भइरहेको बताउनुभयो ।

0 facebook
यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्
Thank you for the comments on this news