माङ्ले ल्वार प्रति एमालेद्धारा श्रद्दाञ्जली

(रेडियो बाजुरा) वैशाख ३० बाजुरा-
नेकपा एमाले मार्तडी गाउँ कमिटीले सक्रिय कार्यकर्ता माङ्ले ल्वार प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ । ल्वारको १६ औं दिनको पुण्यतिथिको अवसरमा गाउँ कमिटीको कार्यालयमा आयोजित कार्यक्रमका अवसरमा फोटोमा माल्यापर्ण सहित श्रद्धाञ्जली व्यक्त गरेको हो । 

गाउँ कमिटि अध्यक्ष खडकलाल जैशीको अध्यक्षतामा सञ्चालन भएको श्रद्धाञ्जली कार्यक्रमको प्रमुख अतिथि एमाले संगठन विभाग प्रमुख जनक कुमार बोहरा रहनु भएको थियो । बैशाख १४ गते कामको शिलशिलामा भारतको पिथौलागढमा ज्यान गुमाएका ल्वारले पार्टी राजनीतिमा पुर्याएको योगदान र मूल्याकन उच्च रहेको भन्दै मृत्यु प्रति गहिरो दुख व्यक्त गरेको छ ।

श्रद्धाञ्जली कार्यक्रममा क्रियाखर्च वापप गाउँ कमिटीले ३ हजार नगद र एमाले नेता जनक कुमार बोहराले ५ सय गरी ३ हजार पाँच सय रुपैया मृतक ल्वारकी श्रीमति पाटु लवारलाई हस्तान्त्रण गरिएको छ । क्रिया खर्च वापतको नगद रकम कार्यक्रमका प्रमुख अतिथि एवं एमाले नेता जनक कुमार बोहराले हस्तान्त्रण गरेका हुन् ।

गाउँ कमिटी सचिव जयबहादुर विकले सञ्चालन गर्नु भएको कार्यक्रममा मार्तडी भुगोल इन्चार्ज विनोद कुमार विक, एमाले जिल्ला कमिटी सल्लाहकार काल्चे दमाई, अनेरास्ववियुका अध्यक्ष जंग विक सचिव शंकर शाही, प्रेश चौतारीका अध्यक्ष बसन्त विक लगाएत ३० बढी एमाले नेता कार्यकर्ताको सहभागिता रहेको थियो । 

कार्यक्रममा एमाले नेता जनक कुमार बोहराले ल्वारको मृत्युले सिंगो पार्टीलाई दुखि तुल्याएको बताउँदै इमान्दार कर्तव्यनिष्ट क्रियाशिल कार्यकर्ताका रुपमा स्मरण गर्नु भएको छ । उहाँले ल्वार पार्टीको लागि लाल रक्षक भएकोले पार्टीले सदासदा स्मरण र सम्मान गरिरहेको बताउनु भएको छ ।

एमाले नेता विनोद विकले ल्वार पार्टीको कुशल कार्यकर्ता मात्र नभई एक खम्बा नै भएकोले उहाँको सम्झनामा सिमाने पानीमा वृक्षारोपण गर्ने उद्घोष गर्नु भएको छ । अनेरास्ववियुका अध्यक्ष जंग विकले ल्वार जस्तो इमान्दार कार्यकर्ताको मृत्युले पार्टीका लागि क्षति पुगेको बताउनु भएको छ । 

,

0 facebook

यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्

Thank you for the comments on this news