रजालीका दलितद्धारा कार्यक्रम वहिष्कार
(रेडियो बाजुरा) वैशाख ३० बाजुरा-
जिल्लको बडिमालिका नगरपालिका ४ रजालीका दलित समुदायले नेपाल जलवायु परिवर्वतन सहयोग कार्यक्रम बहिष्कार गर्ने बताएका छन् ।
फिल्ड स्तरमा कार्यरत सामाजिक परिचालकले लक्षित समुदाय र व्यक्तिहरुलाई नसमेटी आफूखुसी कार्यक्रम सञ्चालन गरेको भन्दै उनीहरुले आपत्ति जनाएका छन् ।
बडिमालिका नगरपालिका अन्तरगत मार्तडी र जुगाडा क्षेत्रमा कार्यरत सामाजिक परिचालकले राजनीतिक आस्थाका आधारमा कार्यक्रम गाउँका सञ्चालन गर्ने र सहभागि गराउने आरोप असन्तुष्ट पक्षहरुको रहेको छ । कार्यक्रमको मापदण्ड अनुसार नै कार्यक्रम सञ्चालन गर्न पटक पटक आग्रह गर्दापनि बेवास्ता गरेपछि बहिष्कार गर्ने निर्णयमा पुगेको स्थानीय जयलाल विकले बताउनु भएको छ ।
बैशाख २७ गते नागरक वडा मञ्चको भेलामा २ वटा ग्रिन हाउस र १ वटा बोका वितरण गर्दा दलित समुदायको कुनैपनि व्यक्ति नसमेटीएको आरोप उनीहरुको रहेको छ । गैर दलित समुदायले आफूहरुलाई विभेद गरेको आरोप दलित समुदायले लगाएका छन् । जिल्ला विकास समिति अन्तरगत सञ्चालित नेपाल जलवायु परिर्वतन सहयोग कार्यक्रम पछिल्लो समयमा निकै विवादीत बन्दै गएको छ ।







0 facebook
यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्
Thank you for the comments on this news