खुल्ला दिशा मुक्त गाविस घोषणा गर्ने क्रम तिब्र ,भवानीपुर गाविस २२ गते खुल्ला दिशा मुक्त घोषणा हुने

एस.पी.गौरब,जेठ १३ सर्लाही-
पछिल्लो क्रममा देशमा खुल्ला दिशा मुत्त जिल्ला तथा गा.वि.स घोषण गर्ने होडबाजी नै चलेको छ । 

कसले पहिला खुल्ला दिशा मुत्त जिल्ला तथा गा.वि.स घोषणा गर्ने भन्ने होडबाजी कै क्रममा सर्लाहीको  भवानीपुर गा.वि.स.लाई यहि आउँदो जेष्ठ २२ गते जिल्ला कै दोस्रो खुल्ला दिशा मुत्त गा.वि.स घोषणा गरिने भएको हो । 

उक्त गा.वि.स.मा जम्मा ६०१ घरधुरी रहेका मध्ये अधिकांसले आ.आफ्नो घरमा चर्पी निर्माण गरि सकेका र केही घरधुरी बाँकी रहेका कारण आगामी यहि जेष्ठ २२ गते जिल्ला कै दोस्रो खुल्ला दिशा मुत्त गा.वि.स घोषणा गरिने भएको गा.वि.स सचिव मेघु साहले जानकारी दिनु भयो । 

चर्पी निर्माण गर्न बाँकी रहेका घरधुरीहरुलाई यहि जेष्ठ १८ गते सम्मको समयसीमा निर्धारण गरिएको गा.वि.स सचिव साहको भनाई छ । जिल्ला कै दोस्रो खुल्ला दिशा मुक्त गा.वि.स घोषणा गरिने अवस्थामा पुगेको उक्त गा.वि.सको बुधबार जिल्ला स्तरीय अनुगमन समितीले समेत अनुगमन गरेको हो।

,

0 facebook

यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्

Thank you for the comments on this news