विश्वको कुल जनसंख्याको आधा मानिसमा इन्टरनेटको पहुँच स्थापित
![]() |
आइटियुले सार्वज्निक गरेको रिपोर्ट
|
एजेन्सी-
विश्वको कुल जनसंख्याको आधा मानिसमा इन्टरनेटको पहुँच स्थापित हुन थालेको एक रिपोर्टले देखाएको छ । संयुक्त राष्ट्रसंघ अन्तरगतको अन्तराष्ट्रिय टेलिकम युनियन, आइटियुले सार्वज्निक गरेको रिपोर्ट अनुसार यो वर्ष सन् २०१५ को अन्त्य सम्ममा विश्वका झण्डै आधा मानिसले इन्टरनेट प्रयोग गरिरहेका हुनेछन् ।
विश्वमा अहिले जनसंख्या ७ अर्ब २० करोड रहेकोमा यो वर्षको अन्त्यसम्ममा ३ अर्ब २० करोड मानिस अनलाइनमा हुने आइटियुको प्रक्षेपण रहेको छ ।
इन्टरनेटको पहुँचमा रहेका मध्ये २ अर्ब मानिस विकाशशील देशका हुनेछन् । जबकी नेपाल तथा सोमालिया जस्ता अति कम विकशित देशका जम्मा ८ करोड ९० लाख मानिस मात्र इन्टरनेटको पहुँचमा हुने आइटियुले उल्लेख गरेको छ । अति कम विकशित देशको कुल जनसंख्या ९४ करोड रहेको छ ।
internet-addiction-1राष्ट्रसंघीय रिपोर्टका अनुसार सन् २०१५ को अन्त्यसम्ममा विश्वमा इन्टरनेट चलाउने मोबाइलको कुल संख्या ७ अर्ब पुग्नेछ । अमेरिका र युरोपमा अहिले पनि ७८ प्रतिशत मानिसले मोबाइल ब्रोडब्याण्डको प्रयोग गरिरहेका र विश्वको ६९ प्रतिशत भागमा थ्री जी कभरेज रहेको छ । यद्यपि ग्रामीण क्षेत्रमा मोबाइलबाट इन्टरनेटको कभरेज केवल २९ प्रतिशत मात्र रहेको छ ।
मोबाइल ब्रोडब्याण्डको फैलावटको हिसाबले अफ्रिका सबैभन्दा पछाडि रहेको र केवल १७.४ प्रतिशतले यो सुविधा उपयोग गरिरहेको देखिएको छ ।
यो वर्षको अन्त्यसम्ममा विकशित देशका ८० तथा विकाशशील देशका ३४ प्रतिशत घरधुरीमा कुनै न कुनै प्रकारको इन्टरनेटको पहुँच पुग्ने रिपोर्टमा उल्लेख छ ।
सन् २००० मा विश्वमा इन्टरनेट प्रयोगकर्ताको संख्या केवल ४० करोडमा रहेकोमा पछिल्लो पन्ध्र वर्षमा सूचना प्रविधिको क्षेत्रमा आएको क्रान्तिले विश्वलाई अभूतपूर्व दिशामा लगेको आइटियु टेलिकम्युनिकेसन डेभलपमेन्ट ब्युरोका निर्देशक ब्राहिमा सानोउले बताए ।
विश्व डिजिटल समाजतर्फ तिब्रगतिमा लम्किरहेको भन्दै उनले दिगो विकाशको लक्ष्य हासिल गर्ने मामिलामा सूचना प्रविधिले अझै महत्वपूर्ण भूमिका खेल्ने दाबी गरे । अनलार्इन खबरबाट

0 facebook
यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्
Thank you for the comments on this news