सर्लाहीका हावाहुरी पीडितलाई राहत वितरण
एस.पी.गौरब,जेठ १३ सर्लाही -
एकातिर देश माहाविनासकारी भुकम्पमा रुमलिएको समयमा पुन अर्को समस्या आईपरेको छ । बिगत केहि दिनदेखि लगातार रुपमा आएको हावाहुरीका कारण सर्लाहीको जनजीवन अस्तव्यास्त वनेको छ । कतिको घरको छानो उडाएको छ भने कतिको घर नै ढलेको छ ।

सर्लाहीको ढुग्रेखोला र कर्मैयाका स्थानीयबासीहरुमा यो पीडा थपिएको हो ।त्यस्तै यो पीडालाई मल्हम लगाउन नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा सर्लाहीले ढुग्रेखोला ९ र कर्मैया ९ का स्थानीयबासीहरुलाई राहत वितरण गरेको छ ।
गत बैशाख २८ गते आएको हावाहुरीका कारण यी २ गा.वि.सका यी २ वडाका करिब १० वटा घरको टानो उडाएको थियो भने करिब २३ वटा घर पुर्णरुपमा क्षेतीग्रस्त भएका स्थानीयबासी तथा नागरिक वडा मञ्चका अध्यक्ष कृष्ण लामाले जानकारी दिनु भयो ।
हावाहुरी पीडीत प्रति परिवारलाई १ थान क्रिपाल,१ थान कम्बल र १ थान वाल्टीन लगायतका सामाग्रीहरु वितरण गरिएको नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा सर्लाहीले जनाएको छ । राहत वितरण कार्यक्रममा विभिन्न संघ तथा संस्थाका प्रतिनिधीहरुको साथै स्थानीयबासीको उल्लेख्य सहभागीता रहेको थियो ।

0 facebook
यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्
Thank you for the comments on this news