यूनिभर्सिटीले उचाल्यो डे-नाईट टी–२० क्रिक्रेटको उपाधी
मिनलप्रकाश ढुङ्गाल, जेठ १६ महेन्द्रनगर-
हिमालय क्रिक्रेट एकेडेमी र लिटिलबुद्ध एकेडेमीको संयुक्त आयोजनामा महेन्द्रनगरमा सम्पन्न प्रथम एच सी ए डे–नाईट टी–२० क्रिक्रेट प्रतियोगिताको उपाधी फारवेष्टर्न यूनिभर्सिटीले कब्जा गरेको छ ।
हिमालय क्रिक्रेट एकेडेमी र लिटिलबुद्ध एकेडेमीको संयुक्त आयोजनामा महेन्द्रनगरमा सम्पन्न प्रथम एच सी ए डे–नाईट टी–२० क्रिक्रेट प्रतियोगिताको उपाधी फारवेष्टर्न यूनिभर्सिटीले कब्जा गरेको छ ।
गयराति हिमालय क्रिक्रेट एकेडेमीको खेलमैदानमा सम्पन्न उपाधी भिडन्तमा महेन्द्रनगर यूनाईटेडलाई ११ रनले स्तब्ध पार्दै युनिभर्सिटीले उपाधी कब्जा गरेको हो ।
जीतसँगै यूनिभर्सिटीले प्रथम पुरस्कार ३० हजारसहित ट्रफी र प्रमाणपत्र हात पारेको छ भने महेन्द्रनगर युनाईटेडले द्धितिय पुरस्कार १५ हजारसहित ट्रफी र प्रमाणपत्र पाएको छ । एमएनआर यूनिटीका प्रेम तामाङ म्यान आफ दि सिरिज घोषित भएका थिए । उनले नगद रु ५ हजारसहित ट्रफी र प्रमाणपत्र पाए ।
कञ्चनपुरमा पहिलो पटक आयोजना भएको डे–नाईट क्रिक्रेटको फाईनल भिडन्तमा पहिले टस जितेर व्याटिङ गरेको युनिभर्सिटीले निर्धिारित १५ ओभरको खेलमा ५ विकेट गुमाएर १ सय १० रनको योगफल तयार पारेको थियो । युनिभर्सिटीका लागि डी बी चन्दले २७ र नितेस चन्दले १४ रन जोडेका थिए । युनिभर्सिटीको व्याटिङ लाईन ध्वस्त पार्ने क्रममा शेर सिह खत्रीले २ र शनि विष्टले १ विकेट लिएका थिए ।
१ सय ११ रनको लक्ष्य पछ्याउने क्रममा महेद्रनगर यूनाईटेडले निर्धारित १५ ओभरमा ५ विकेट गुमाउदै मात्र ९९ रनमा सिमित रह्यो । महेन्द्रनगर यूनाईटेका लागि महेन्द्र चन्दले ३२ र शनि बिष्टले २१ रनको योगदान गरे पनि जीतका लागि पर्याप्त भएन ।
यूनाईटेडलाई सस्तैमा समेट्ने क्रममा म्यान अफ द म्याच किरन ठगुन्नाले ३ ओभर बलिङ गर्दै १२ रन खर्चेर महत्वपूर्ण २ विकेट लिएका थिए भने विनोद भट्टले १ विकेट लिएका थिए । करिव १ महिना सम्म चलेको प्रतियोगितामा २४ टीमको सहभागिता रहेको आयोजक कमिटीका संयोजक दीपक मल्लले बताउनु भयो ।







0 facebook
यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्
Thank you for the comments on this news