पूर्व मन्त्री र योजना आयोगका सदस्य सहितको टोली बाजुरामा
जेठ १७ बाजुरा-
पूर्व उद्योग मन्त्री कर्णबहादुर थापा, राष्ट्रिय योजना आयोगका सदस्य डाक्टर प्रेम दंगाल सहितको टोली बाजुरा आईपुगेको छ । परिक्षण स्वरुप जिल्लामा सञ्चालन हुन लागेको बस्ती विकास कार्यक्रमको लक्ष्य उद्देश्य र स्थानीय सरोकारवाला निकायको भूमिका बारे जानकारी दिन टोली बाजुरा आएको हो ।
टोलीले आज विहान मात्र जिल्लाका सम्र्पूण सरोकार वाला निकायका प्रतिनिधिसँग घेटर छलफल गर्ने भएको छ । छरिएर रहेको र जोखिममा रहेको बस्तीलाई उचित व्यवस्थापन र एकीकृत गर्न कार्यक्रम सञ्चालन हुन लागेको हो । कार्यक्रम बाजुराबाटै पहिलो चरणमा सुरुवाद गर्ने तयारी राष्ट्रिय योजना आयोगले गरेको छ ।
बाजुरा आई पुगेको पूर्व मन्त्री सहितको टोलीलाई एमाले मार्तडी गाउँ कमिटिले स्वागत गरेको छ । अतिथिलाई फुलमाला अविर लगाई स्वागत गरिएको मार्तडी गाउँ कमिटी सचिव जयबहादुर विकले जानकारी दिनु भएको छ । स्वागतका लागि पार्टी उपसचिव गगन रावल, संगठन विभाग प्रमुख जनक कुमार बोहरा, मार्तडी भुगोल इन्चार्ज विनोद विक, अनेरास्ववियुका अध्यक्ष जंग विक, एमाले नेता लक्षी विक, सिता थापा लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
यसैगरी नेपाल राष्टिय शिक्षक संगठनका केन्द्रीय अध्यक्षको टोली पनि बाजुरा आई पुगेको छ । संगठनको जिल्ला परिषद्को उद्घाटनका लागि टोली बाजुरा आई पुगेको छ । परिषद् आज विहान ११ बजेबाट सञ्चालन हुने भएको छ । शिक्षकहरुले अध्यक्ष सहितको टोलीलाई बाजागाजा सहित स्वागत गरेको छ ।







0 facebook
यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्
Thank you for the comments on this news