ट्रयाक्टर दुर्घटनामा सहचालकको ज्यान गयो

कमल खत्री, जेठ १५ म्याग्दी-
म्याग्दीको बेनी नगरपालिका–५ छापडाँडावारि भन्ने स्थानमा बिहीबार साँझ ट्रयाक्टर दुर्घटना हुँदा ट्रयाक्टरका सहचालकको ज्यान गएको छ । 

ग १ त ३४५२ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा बेनपा–४ का सोविन खत्रीको ज्यान गएको हो । गम्भिर घाईते भएको उनको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा गएराति ज्यान गएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा चाकल ताकम–३ धारापानीका ३० बर्षीय मिभबहादुर विश्वकर्मा घाईते भएको प्रहरीले जनाएको छ । उनको पोखरास्थित फिष्टेल अस्पतालमा उपचार भईरहेको छ । बालुवा बोकेर गएको ट्याक्टर करिब दुई सय मिटर तल खसेर दुर्घटना भएको थियो ।

0 facebook

यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्

Thank you for the comments on this news