हावाहुरीले दोलखामा एक जनाको मृत्यु

ताराबहादुर महत, जेठ १० दोलखा-
शनिबार साँझ  बर्षासँगै चलेको हाराहुरीका कारण दोलखाको जिरीमा एक जनाको मृत्यु भएको छ । 

धनुषा कबैया ४ घर भई दोलखाको जिरी नगरपालिका वडा नम्बर ५ मा हार्डवयर पसल गर्दै आउनुभएका  ३८ बर्षिय महेश महतोको मृत्यु भएको दोलखाका प्रहरी प्रवक्ता सन्तकुमार लामाले जानकारी दिनुभयो । 

पसल सञ्चालन गरेको घर नजिकै त्रिपालमा बसेका महतो, उनका छोरा राजन महतो र पसलमा काम गर्ने दोलखा फस्कु २ का श्याम श्रेष्ठ घरको छानामा रहेको जस्ता खसेर त्रिपाल थिचेर घाईते भएपछि उपचारका लागि जिरी अस्पताल लगिएको र उपचारका क्रममा महेश महतोको मृत्यु भएको र अन्य २ जनाको जिरी अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

0 facebook

यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्

Thank you for the comments on this news