भूकम्पका कारण गुल्मीका ३० विद्यालयकामा क्षति, एक सय १४ कक्षाकोठा पूर्ण रुपमा क्षती ग्रस्त
![]() |
| फाइल फोटो |
अनिश गैरे, जेठ १० गुल्मी-
भूकम्पका कारण गुल्मीका ३० विद्यालयकामा क्षति पुगेको छ । ति विद्यालयका एक सय १४ कक्षाकोठा पूर्ण रुपमा क्षती ग्रस्त भएका छन् ।
यसबाहेक भूकम्पका कारण जिल्लाका १ सय ३८ विद्यालयका २ सय ४३ कक्षाकोठामा ठूलो क्षति र एक सय २५ विद्यालयमा सामान्य क्षति पुगेको शिक्षा कार्यालयले जनाएको छ ।
धेरै क्षति भएका विद्यालयहरुमध्ये कतिपयमा विद्यार्थीलाई त्रीपालमा राखेर र कतिपयमा २ वटा कक्षा एकैठाउँमा राखेर पढाईएको शिक्षा अधिकारी डा. भोजराज शर्मा काफ्लेले जानकारी दिनुभयो । ५८ वटा विद्यालयमा तत्काल कक्षाकोठा नभईनहुने अवस्था रहेको उहाँको भनाई छ ।
पूर्ण क्षति भएका कक्षाकोठाका लागि मात्रै अस्थाई टहरा बनाउनुपर्ने भएपनि २० लाख रुपैयाँ लाग्ने देखिएपछि त्यति धेरै रकम स्थानीय तहमा जुट्न संभव नदेखिएकोले केही निर्णय नभएको प्रमुख जिल्ला अधिकारी तथा दैविप्रकोप राहत समितिका संयोजक चन्द्र प्रसाद बताउनुभयो ।







0 facebook
यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्
Thank you for the comments on this news