भुकम्प पीडितका लागि श्रम शिविर सञ्चालन

मेचीकाली, जेठ १० बाजुरा–
नेकपा एमाले बाजुराले भुकम्प पीडितका लागि भन्दै सिमानेपानी खानेपानी योजनामा श्रम शिविर सञ्चालन गरेको छ । 

एमाले संगठन विभागको आयोजनामा ५० जना युवाहरुले दिनभर काम गरी शिविर सञ्चालन गरेको हो । एमालेको युवा भातृ संगठन युवा संघले यस अघि नै ११ हजार रुपैया राहत कोषमा जम्मा गरी सकेको छ । 

काम गरेवातपको ज्याला भुकम्प पीडितहरुका लागि दिन पहिलो चरणको शिविर सञ्चालन गरिएको नेकपा एमाले संगठन विभाग प्रमुख जनक कुमार बोहराले बताउनु भएको छ । सभासद बसुन्धरा रोकायाको संसद विकास कोषको रकमबाट सिमाने पानीमा २ वटा धारा निर्माण गरिएको छ । 

जिल्लाका विभिन्न योजनामा श्रम शिविर सञ्चालन गर्ने र काम गरे वापतको ज्याला भुकम्प पीडितका लागि पठाउने अभियान नै सञ्चालन गर्ने एमालेले जनाएको छ । सानै भएपनि राहत रकम संकलन गर्ने गरी शिविर अन्य योजनामा पनि सञ्चालन गर्ने तयारी एमालेले गरेको छ । 

शिविर सञ्चालन गरे वापत ५ हजार बढी रकम खानेपानीबाट प्रदान गर्ने उपभोक्ता समितिले जनाएको छ । मानवीय धर्मका आधारमा एकलाई परेको दुखमा अर्काले सहयोग गर्नु पर्ने मान्यताका साथ शिविर पहिलो दिन सिमाने पानीमा सञ्चालन गरिएको हो । 

श्रम शिविरमा सभासद बसुन्धरा रोकाया, एमाले केन्द्रीय सदस्य लालबहादुर थापा, जिल्ला अध्यक्ष कालीबहादुर शाही सचिव बल्देव रेग्मी, उप सचिव गगन रावल, संगठन विभाग प्रमुख जनक कुमार बोहरा, एमाले नेता अमर खड्का, काशी विक, हरि रोकाया, दिलबहादुर कुँवर, मन्देवी ओली, विनोद कुमार विक, काशी नेपाली संगीतकार विनोद बाजुराली, युवा संघ, प्रेस चौतारीका अध्यक्ष लगायत ५० बढीको सहभागिता रहेको थियो ।   

,

0 facebook

यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्

Thank you for the comments on this news