सुत्ने बेलामा फोन अफ गर्ने बानी छ ? पढ्नुहोस् है
एजेन्सी-
कतै तपाइँ सुत्ने बेलामा फोन अफ गर्ने बानी छ र फोनलाई आराम मिलोस भनेर त्यसो गर्नु हुन्छ भने त्यसको कुनै फाइदा नहुने अध्यनले देखाएको छ ।
सुत्ने बेलामा फोन गर्दैमा फोनको ब्याट्रिलाई कुनै फाइदा नहुने विज्ञहरुको भनाइ छ । मोबाइलको ब्याट्रीको जीवन कति लामो हुने भन्ने बनाउने बेलामा नै तय हुने भएकाले स्वीच अफ गर्दैमा ब्याट्रीको जीवन नबढ्ने उनीहरुको भनाइ छ । मोबाइल फोनको ब्याट्रीको जीवन ३०० देखि ५०० फूल चार्ज र फुल्ली डिस्चार्ज्ड हुने भएका कारण ब्याट्री जोगाउन फोन अफ गर्नु नपर्ने विज्ञहरुको सुझाव छ । बरु तातो ठाउँमा राख्दा भने ब्याट्रीको चार्ज छिटो घट्ने बताइएको छ ।






0 facebook
यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्
Thank you for the comments on this news