बैदेशिक रोजगारमा मलेसिया गएका आफ्नो श्रीमान संग कुरा पाएकै छैन् : लक्ष्मी

मंगल बास्कोटे, जेठ १० लम्की-  
बैदेशिक रोजगारमा मलेसिया गएका आफ्नो श्रीमान संग बिगत २ बर्ष देखि कुरा गर्न र कहाँ छन के गर्दै छन भन्ने बारे खबर नपाउदा आफु रहेक दिन पिडामा काटि रहको लक्ष्मी शाहीले दुखेसो पोख्नु भएको छ ।

 आइतबार सञ्चार प्रतिष्ठन नेपालले गरेको लम्की चुहा नगरपालिकामा बैदेशिक रोजगारीमा गएर परिवार संग तथा बैदेशिक रोगार बाट फर्किएका संगको भेटघाट तथा अन्तरक्रियामा उहाले सो कुरा बताउनु भएको हो । 

कैलालीको लम्की चुहा नगरपालिका ४ चौरी घर भएकी लक्ष्मीका ४२ बर्षिया श्रीमान शेरबहादुर शाही २०६७ साल कार्तिक १५ गते बैदेशिक रोजागरीको लागी १ लाख ५० हजार रुपैया खर्च गरेर मलेसिया पुग्नु भएको हो । गएको २ बर्ष सम्म त कहिले काहि फोन पनि गर्नु हुन्थ्यो ,तर अहिले आएर बिगत २ बर्ष देखि घरमा फोन पनि कुरा हुदैन । धन कमाउन लाई बिदेश गएका श्रीमानको अत्तोपत्तो नहुदा २ वटा छोरालाई खेति पाति गर्दै पढाउदै र घर खर्च चलाउदै आएको अहाले बताउनु भयो । 

यस्तै बैदेशिक रोजगारको लागी ऋिण निकाले बिदेश मलेसिया पुगेका लम्की चुहा ४ चौरीका सुकलाल सर्कि पनि एक दमै कष्टपुर्ण ५ बषे बिदेशमा बिताएर आएका छन । धेरै धन कमाउनको लागी साहु संग ९० हजार रुपैया ऋिण निकालेर बिदेश मलेसिया पुगेका ४१ बर्षिया सुकलाल सर्कि भने झै तलब नपाउदा आफ्नो सपना सपना मै सिमित पारी पर्केका हुन । 

बिजे ओभरसिज भन्ने मेनपावरले ८ सय रिङगेट तलब हुन्छ भनि पठायो पछि उता भने अनुसारको तलब पाईएन ,फर्किेने हो भने कसरी फर्किने घरमा ऋिण छ त्यसैले जोसो तसो ४ बर्ष कटेर नेपाल फर्किए । नेपाली युवाले बैदेशिक रोजगारीमा भन्दा पनि आफ्नै कृषी गरेर बस्नु पर्ने तर बिदेश नजान आग्रह गर्नु भएको थियो । लम्की चुहा नगरपालिकाको वडा ५ भल्का,४ चौरी र वडा नं २ मा अन्तरक्रिया गरिएको हो । अन्तरक्रियामा संचार प्रतिष्ठानका सचिब एकेन्द्र तिमिल्सेना,बरिष्ट पत्रकार मनमोहन स्वार,पत्रकार दिपक ओलि,श्रवण देवा,युवराज न्यौपाने,मंगल बास्कोटे लगाएतका ७ जना पत्रकारको सहभागिता रहेको थियो ।

,

0 facebook

यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्

Thank you for the comments on this news