त्रिशक्ति उमाविको विद्यालय व्यवस्थापन समिति पुर्नःगठन

मेचीकाली, १० बाजुरा–
जिल्लाको बाह्रविसमा रहेको त्रिशक्ति उमाविको विद्यालय व्यवस्थापन समिति पुर्नःगठन गरिएको छ । देब बहादुर सेराला अध्यक्ष रहने गरि १० सदस्यिय समिति पुर्नःगठन गरिएको हो । 

गाविस सचिव केशवराज पुरीको अध्यक्षतामा संचालन भएको भेलामा नेपाली कांग्रेसका पूर्व उपसभापति चेतमान सिंह प्रमुख अतिथि रहनु भएको थियो । 

समिति गठन भेलामा नेकपा एमाले जिल्ला कमिटि सदस्य राम बहादुर बानीयाँ, पुर्व विव्यस अध्यक्ष राम बहादुर थापा, गाविस भुपु अध्यक्ष देव बहादुर सेराला विशिहष्ठ अतिथि रहनु भएको थियो । 

भेलामा विद्यालय सेवा क्षेत्र भित्रका अभिभावकहरुको सहभागिता रहेको अरुण गाउँलेले जानकारी दिनुभएको छ । 

0 facebook

यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्

Thank you for the comments on this news