चन्द्रनिगाहपुरमा ट्रक र मोटरसाइक एक आपसमा ठोक्किदा एकको मृत्यु

दिपेश पौडेल,जेठ १४ रौतहट-
रौतहटको गौर चन्द्रनिगाहपुर सडक खण्डको सरुअठा बम नहरमा विहिबार  बिहान भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । 

काठमाण्डौंबाट गौर आउदै गरेका बा.२ ख. १५० नम्वरको कन्टेनर ट्रकले ना.२१ प. ५३५१ नम्वरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको हो । 

दुर्घटनामा परी रौतहटको राजपुर तुलसी गाविस ६ का १८ बर्षिय अरशद आलमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । 

दुर्घटनामा मोटरसाइकलमा सवार १६ बर्षिय महमद जमाल र फतुहा महेशपुर गाविस २ का बर्ष १८ का चुन्नु मिया घाइते भएका छन् । उनीहरुको गौर अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि विरगंज पठाइएको छ ।

0 facebook

यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्

Thank you for the comments on this news