पठनपाठन ठप्प भएपनि शुल्क छुट दिन नसकिने प्याब्सन दावी
जेठ १४ काठमाडाैं-
निजी विद्यालयहरुले विद्यालय बन्द भएको समयको शुल्क पनि उठाउने भएका छन् । निजी तथा आवासीय विद्यालय संगठन(प्याब्सन)ले भूकम्पका कारण पठनपाठन ठप्प भएपनि शुल्क छुट दिन नसकिने बताएको छ ।
घर भाडा र शिक्षकको तलब दिनुपर्ने बाध्यता रहेकाले शुल्कमा छुट नदिन नसकिने आज पत्रकार सम्मेलन गरि प्याब्सनले जनाएको छ । आज प्याब्सनले काठमाडौंमा पत्रकार सम्मेलन गरी शुल्क मिनाहा नगर्ने बताएको हो ।
प्याब्सनका अध्यक्ष लक्ष्यबहादुर केसीले भूकम्पका कारण विद्यालय पनि क्षतिग्रस्त भएकोले शुल्क मिनाह गर्न नसकिने बताउनुभयो । भूकम्पपछि विदा वाहेक २६ दिनको पठनपाठन रोकिएको छ । भूकम्पका कारण बन्द भएका विद्यालय यहि जेठ १७ गतेदेखि खुल्दै छन् ।







0 facebook
यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्
Thank you for the comments on this news