थुनिएकाे कालीगण्डकी बग्न थाल्याे

जेठ १० म्याग्दी-
पहिराेले थुनिएकाे कालीगण्डकी नदीबाट पानी बग्न थालेकाे छ । पहिराे झरेर बनेकाे बाँधमाथिबाट पानी बग्न थालेकाे हाे । गएराति गएकाे ठूलाे पहिराेले झण्डै तीन सय मिटर अग्लाे ताल बनेकाे नदीमाथिबाट पानी बग्न थालेकाे प्रहरीले जनाएकाे छ । 

,नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीकाे टाेली पुगेपनि पहिराे नराेकिएपछि उद्धारकाे कार्य हुन सकेकाे थिएन । म्याग्दीकाे राम्चे–९, काफलडाँडा बैसरीमाथि पहिराे गएपछि थुनिएकाे कालीगण्डकी स्वभाविक गतिमा बग्न थालेकाे छ । दिउँसाे ५ः१५ बजेबाट नदी अाेभरफ्लाे भई बग्न थालेकाे छ । 

,

0 facebook

यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्

Thank you for the comments on this news