बैँसेरीमा खसेको पहिरोले बस्तीसंगै कालिगण्डकी थुनियो, खुलाउन समस्या

कमल खत्री,जेठ १० म्याग्दी-
बैशाख १२ गते गएको भुकम्प र त्यसपछाडिका ठुला पराकम्पनबाट चर्किएको म्याग्दीको राम्चे ९ काफलडाँडाको चट्टानी पहाड खस्दा थुनिएको कालिगण्डकी नदीको कारण ठुलो जलासय बनेको छ ।

आईतवार विहान करिब एक बजे काफलडाँडाबाट खसेको सुख्खा पहिरोको कारण भगवती –२ बैसेरी र राम्चे –९ फेदीका २६ घर पूर्ण रुपमा पुरिएर ध्वस्त बनेका छन् । करिब एक हजार पाँच सय मिटर माथिबाट खसेको भिषण पहिरो बैसरीमा करिब दुई सय मिटर क्षेत्रमा थुप्रिएको छ । 

बस्ती नै पुर्ने गरी खसेको पहिरोले कालिगण्डकी नदी पूर्ण रुपमा थुनिएको हो । सुरक्षा निकायबाट थुनिएको बाँधलाई खुलाउने प्रयास भएपनि निरन्तर रुपमा माथिबाट पहिरो खसिरहने र धुलोको मुस्लोको कारण प्रयासले सार्थकता पाउन नसकेको  जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक विमल कुमार उपाध्यायले जानकारी दिनुभयो । 

कालिगण्डकी थुनिएर अहिले करिब १ सय ५० मिटर गहिराइको जलासय बनेको छ । तलाउ भरिएपछि सुरक्षित रुपमा पानी बग्ने ब्यवस्था मिलाउन आवश्यक उपकरण र जनशक्ति तयारी अवस्थामा राखेको म्याग्दी स्थित नेपाली सेनाको ईन्द्रबक्स गणले जनाएको छ । अहिले घटना स्थलमा नेपाली सेना, ससस्त्र प्रहरी र नेपाल प्रहरी सम्भावित जोखीम न्युनीकरण र उद्धारको लागि खटिरहेको छ । 

पहिरोले पुरेको बैसेरी क्षेत्र अहिले बगर जस्तै बनेको छ । पहिरो खसीरहने र कालिगण्डकी नदी थुनिएको बाँधबाट पानी नबगेको कारण बैसरी माथिका मानव बस्तीमा डुवानको खतरा बढेको छ  बेगखोला, तिप्ल्याङ, महभिर, भिरकाटे, रातोपानी, पोखरेबगर, भुरुङ तातोपानी, दाना लगायतका बासिन्दाहरु डुवानको खतराको कारण सुरक्षित ठाउँमा गइसकेको प्रहरीले जनाएको छ । 

त्यस्तै एक्कासी बाँध फुट्दा आउन सक्ने बाढीको सम्भावीत जोखिम न्युनीकरण गर्न कालिगण्डकी नदीको तटीय क्षेत्रमा रहेका  पिप्लेको घुमाउनेताल, गलेश्वर, म्याग्दीको सदरमुकाम बेनीबजार, पर्वत बेनी, पर्वत बगरका बासिन्दाहरुलाई सुरक्षित स्थानमा जान अनुरोध गरिएको प्रहरी नायव उपरिक्षक हिरा गिरीले जानकारी दिनुभयो । त्यस्तै यसबाट हुन सक्ने सम्भावित जोखीम न्युनीकरणको लागि पर्वत, बाग्लुङ, स्याङ्जा, पाल्पा , नवलपरासी जिल्लाको नदी टटिय क्षेत्रमा रहेका बस्तीहरुमा समेत उच्च सर्तकता अपनाइएको छ ।

म्याग्दीको उत्तरी बैँसरीमा खसेको भीषण पहिरोले मध्यरातदेखि कालिगण्डकी थुनिँदा बैसेरीका २६ घर पुरै पुरिएको छ । राम्चे–९ काफलडाँडाँ नजीकैको चट्टानी पहाड खसेर गएको सुख्खा पहिरोले भिषण रुप लिँदा कालिगण्डकी नदी थुनिएको र त्यहाँ रहेका २६ घर पूर्ण रुपमा पुरिएको घटनास्थल पुग्नुभएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक विमल उपाध्यायले जानकारी दिनुभयो । भगवती–२ बैसरी र राम्चे–९ फेदीमा रहेका कुल २६ घर पुरिएको उपाध्यायले बताउनुभयो ।
सम्बन्धित अंस
थुनिएकाे कालीगण्डकी बग्न थाल्याे




,

0 facebook

यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्

Thank you for the comments on this news