बाजुरामा राष्ट्रिय साक्ष्रारता कक्षा अलपत्र

लक्ष्मीराज पाध्याय, जेठ १० बाजुरा
गत चैत्र २७ गतेदेखि सुरु बाजुराका केही गाविसमा संचालन भईरहेको राष्ट्रिय साक्षारता कक्षा अलपत्र परेका छन । 

बाजुराका १७ वटा गाविसका २२ हजार ७ सय ५४ जनालाई साक्षार बनाउने लक्ष्य लिइएको साक्षारता कक्षा अभियान बाजुरामा अन्य जिल्लामा भन्दा ढिलो सुरु हुदा सम्बन्धित जनतामा निराशा छाएको छ । 

समयमै साक्षारता कक्षा सञ्चालन हुन नसकेको हो । हालसम्म पनि साक्षारता कक्षा सञ्चालन नभएको स्थानीयवासीले बताएका छन् । उत्तरपूर्वी क्षेत्रका कतिपय गाविसमा भने निर्धारित समयभन्दा करिब एक हप्ता ढिलो गरी साक्षरता कक्षा सञ्चालन भएका छन् ।

जिल्ला शिक्षा कार्यालय बाजुराले जिल्लाका १७ वटा गाविसमा चैत्र २७ गतेदेखि एकै साथ साÔरता कÔा सञ्चालनमा ल्याएको बताए पनि उत्तरी क्षेत्रका कतिपय गाविसमा हालसम्म पनि साक्षारता कक्षा सञ्चालनमा आउन सकेका छैन । साक्षारता कक्षा सञ्चालनको जिम्मेवारी पाएका अध्यायन केन्द्रले ढिला पूस्तक पु¥याउनुले यो बर्षको साक्षरोत्तर कक्षा संचालनमा ढिलाई हुनुका साथै कतिपय ठाउँमा २ महिना बितिसक्ता पनी पुस्तक नपुगेका स्थानियको गुनासो रहेको छ ।

जिल्ला शिक्षा कार्यालयले बजेट ढिला आएको कारण देखाउदै कामको सिजनमा कक्षा संचालन गर्दा कसैले पढ्न नमानेको मार्तडी गाबिसमा साक्षरता कक्षा संचालनका सहयोगी  कार्यक्रताले बताउने गरेका छन । जिल्लामा विभिन्न समयमा साक्षारता कक्षा  सञ्चालन गरिए पनि ती नाम मात्रका भएको र रकम कुम्ल्याउने काम मात्र भएको देखिएको छ भने निराक्षारहरु  भने जस्ताका जस्तै रहेका छन् । 

यो वर्ष बाजुराका बाधु , वाई, बह्मतोला, छतारा, दहकोट, डोगडी, गुदुखाती, जुगाडा, जुकोट, काँडा, कोल्टी, कुलदेवमाडौ“, मार्तडी, पाण्डुसैन, रुगिन, साप्पाटा र तोली गाविसमा साक्षारता कक्षा सञ्चालन गरिएको सामुदायीक अध्यायन जिल्ला समन्वय समितिले बताएको छ । साक्षारता कक्षा  सञ्चालनका लागि जिल्ला शिक्षा कार्यालय बाजुराले ७९६ सहजकर्ता र ८० जना निरक्षकहरुलार्इ  तालिमसमेत दिएको छ ।

यो बर्ष किताव खरिदको जिम्मेवारी समेत समन्धीत गाबिसका सामुदायीक अध्यायन केन्द्रले पाएको भए पनी समयमै किताव पु¥याउन ढिलाइ भएको अध्यान केन्द्रले नबकउ झयतष्अयलूकार गरेका छन भने यता जिल्ला शिक्षा कार्यालयले कामका सिजनमा कक्षा संचलन गर्दा कसैले पढ्न नमान्ने गरेको समुदायीक अध्यायन केन्द्रले बताउने गरेका छन जिल्ला २४ गाबिस र १ नगरपालिकामा गरी २७ सामुदायीक अध्यायन केन्द्र रहेको छन समग्र जिल्लाको १ सामुदायीक अध्यायन केनद्र जिल्ला समन्वय समिति समेत गठन गरिएको छ । 

यो बर्ष मात्र १७ गाबिसमा साक्षारोत्तर कक्षा संचालनका लागी जिल्ला शिक्षा कार्यालय बाजुराले कोटा निर्धारण  गरेको छ । जिल्ला शिक्षा कार्यलयको अपेक्षामा रहेको २२ हजार ७ सय ५४ जना साक्षार बनाउने रणनिती फेल भएको छ । 

,

0 facebook

यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्

Thank you for the comments on this news