बैतडीका सरकारी कार्यालय प्रमुख विहिन, सेवाग्राही मर्कामा
लक्ष्मी विजले, जेठ ११ बैतडी-
बैतडीका अधिकांस सरकारी कार्यालय प्रमुख विहिन रहेका छन । जिल्लाका महत्वपुर्ण प्रशासनिक तथा विकासे कार्यालयहरुमा प्रमुख नहुँदा सेवाग्राहि मर्कामा परेका छन् ।
बैतडीका अधिकांस सरकारी कार्यालय प्रमुख विहिन रहेका छन । जिल्लाका महत्वपुर्ण प्रशासनिक तथा विकासे कार्यालयहरुमा प्रमुख नहुँदा सेवाग्राहि मर्कामा परेका छन् ।
जिल्ला प्रशासन कार्यालय, जिल्ला विकास समिति, जिल्ला शिक्षा कार्यालय, खानेपानी तथा सरसफाई सव डिभिजन कार्यालय अहिले प्रमुखविहिन अवस्थामा रहेका छन ।
यस्तै जिल्ला भुसंरक्षण कार्यालय, नेपाल टेलिकम, जिल्ला पशु सेवालगायतका कार्यालयमा प्रमुख छैनन् । प्रमुखहरु गोष्ठी तथा भ्रमणहरुमा सहभागी हुन जिल्ला बाहिर रहेको निमित्त प्रमुख जिल्ला अधिकारी मंगलवहादूर शाहीले बताउनुभयो ।
ती कार्यालयहरु निमित्त तथा विभागीय कर्मचारीहरुको भरमा सञ्चालन हुँदै आएका छन । कार्यालय प्रमुख नहुँदा जिल््लाका दुर्गम तथा विकट गाउँबाट दुई÷तीन दिनसम्मको पैदल हिंडेर सदरमुकाम आएका सर्वसाधारणले सेवा पाउन नसकिएको गुनासो गरेका छन ।







0 facebook
यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्
Thank you for the comments on this news