आईपिएलको उपाधि मुम्बई इण्डियन्सलाई
मेचीकाली, जेठ ११ काठमाडाैं-
इण्डियन प्रिमियर लिग आईपीएलको उपाधि मुम्बई इण्डियन्सले जितेको छ । चेन्नई सुपर किङ्ग्सलाई ४१ रनले पराजित गर्दै मुम्बई लिग च्याम्पियन बन्न सफल भएको हो ।
कोलकत्ताको इडेन गार्डनमा खेलिएको फाइनलमा चेन्नईले टस जितेर मुम्बईलाई ब्याटिङको निम्तो दिएको थियो । मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर २ सय २ रन बनाएको थियो ।
जवाफमा चेन्नईले २० ओभरसम्ममा ८ विकेट गुमाएर एकसय ६१ रन मात्र बनाउन सकेपछि मुम्बई च्याम्पियन बन्न सफल भएको हो ।







0 facebook
यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्
Thank you for the comments on this news