घाँस काट्न गरिएकी एक महिला जंगलमा मृत फेला

अप्सरा समाल, वैशाख ३० यदपुर-
उदयपुरको पुर्वि क्षेत्र रामपुर ठोक्सिला–३ बस्ने ३६ वर्षीय कृष्ण कुमारी श्रेष्ठ जंगलमा मृत फेला परेकी छिन् । 

मंगलबार बिहान जंगलमा घास काट्न गएकी श्रेष्ठ बेलुकासम्म घर नफर्किए पछि खोज्दै जाँदा नजिकको जंगलमा भाच्चिएको रुखको हागासंगै मृत फेला परेको प्रहरी नायब उपरीक्षक जयराज सापकोटाले बताउनु भएको छ । 

प्रहरीका अनुसार रुख चढेर घाँस काट्दै गर्दा भूकम्प आएकाले अत्तालिएकी श्रेष्ठ रुखबाट ओर्लँदै गर्दा खसेर निधन भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । 

0 facebook

यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्

Thank you for the comments on this news