भर्ना अभियान र्याली सकियो
![]() |
| फोटो : Google |
(रेडियो बाजुरा) वैशाख २९ बाजुरा–
बाजुरा जिल्लाको बह्मतोला गाविस स्तरीय बाल अधिकार मञ्चले सोमबार भर्ना अभियान सम्बन्धि र्याली प्रर्दशन गरेको छ ।
विद्यालय उमेर पुगेका नानी बाुबलाई विद्यालय भर्ना गर्न सन्देश सहित र्याली प्रर्दशन गरिएको मञ्चका अध्यक्ष योकेन्द्र थापाले जानकारी दिनु भएको छ ।
सोमबार विहान ११ बजेबाट सुरु गरिएको अभियानलाई साँझ ५ बजे समापन गरिएको छ । गाविसका नौ वटै वडामा पुगेर र्याली प्रर्दशन गरिएको हो ।
५५ जनाको सहभागि रहेको र्यालीमा बाल अधिकार मञ्चका सदस्य, गाउँ बाल संरक्षण समिति सचिव युवराज थापा, लगायतको सहभागिता रहेको थियो ।







0 facebook
यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्
Thank you for the comments on this news