अनुदानमा दिईएको घानको बीउ नउम्रीएपछि किसान चिन्तित

सञ्जय चौधरी, जेठ १४ चितवन-
सरकारले अनुदानमा किसानलाई उपलब्ध गराएको धानको बीउ नउम्रिए पछि पूर्वी चितवनका किसानहरु मारमा परेका छन । 

जिल्ला सहकारी संघले कृषि विकास कार्यालय चितवनको सिफारिसमा राष्ट्रिय बीउ विजन कम्पनी हेटौडावाट ल्याएर बजारमा बठाएको अनुदानको बीउ नउम्रीएको हो । 

सो बीउ साईपाल बीउ विनज कम्पनीले उत्पादन गरेको हो । पूर्वी चितवनको वीरेन्द्रनगर र भण्डाराका सहकारी संस्थावाट खरिद गरी लगेको सो बीउ नउम्रिएको किसानहरुले बताएका छन । 

सो क्षेत्रका झण्डै एक सय जना जति किसानको व्याडमा बीउ नउम्रिएको किसानहरुले बताएका छन । वीरेन्द्रनगर–३ खुरखुरेमा रहेको जनसेवा सहकारी संस्थावाट बीउ खरिद गरी लगेका झण्डै ३० जना किसानका व्याडमा बीउ नउम्रिएको संस्थाका व्यवस्थापक सिताराम बर्तौलाले बताउनुभयो  । 

धानको बीउले डुबायो भन्दै किसानहरु क्षतिपूर्तिको माग गर्दै खरिद गरेको संस्थामा आउन थालेको उहाको भनाई थियो । तीन विगहा क्षेत्रफलमा धान रोप्न १ क्वीन्टल ४० किलो बीउ जनसेवावाट खरिद गरेर लगेका भण्डाराका किसान ताइसन लामाले बीउ नउम्रिएको बताएका छन् ।

0 facebook

यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्

Thank you for the comments on this news