सभाषद विष्टले भने –दक्षिणी क्षेत्रको विकासमा सिँचाईमन्त्रीले विभेद गरे
बेल्डाँडीका जनताले सिँचाईमन्त्री संग भने–“सरकार हाम्रो हिड्ने दैजी–बेल्डाँडी सडक कहिले कालोपत्रे बन्छ ?” चौधर र झर्नाखोला नियन्त्रणमा जोड
--------------------------------------------------------------------------------------------------------------------------
मेचीकाली, जेठ १४ कञ्चनपुर-
जिल्लाको दक्षिणी क्षेत्रका जनताले सिँचाईमन्त्री नारायण प्रकास साँउदलाई दक्षिणी क्षेत्र जोड्ने सबैभन्दा छोटो दुरीमा रहेको दैजी–बेल्डाँडी सडक कालोपत्रे गर्नका लागि पहल गरिदिन माग गरेका छन् । महाकाली सिँचाई व्यवस्थापन दोस्रो चरण सिँचाई व्यवस्थापन हस्तान्तरण कार्यक्रमका लागि बेल्डाँडी आउनु भएका सिँचाईमन्त्री साँउद समक्ष बेल्डाँडीका स्थानियहरुले यस्तो माग गरेका हुन् ।
बेल्डाँडीका स्थानिय शेर सिह टेरले दैजी बेल्डाँडी सडक कालोपत्रे नहुँदा यस क्षेत्रको विकासमा बाधा उत्पन्न भएकोले स्थानियहरुलाई जोखिम र कष्टकर यात्रा गर्नुपर्ने बाध्यता रहेको बताउदै टेरले जति सक्दो छिटो सो सडक कालोपत्रे गर्नका लागि मन्त्री साउँद समक्ष गुनासो पोख्नुभयो । सडक कालोपत्रे नभका कारण दक्षिणीका जनताहरु अकालमै मर्न थालेको भन्दै यसमा सरकारीस्तरबाट गम्भिर ध्यान नगएको उनको भनाई छ ।
कच्ची सडक कारण दक्षिणी क्षेत्रमा नागरिकहरु बिरामी हुँदा समेत अस्पताल नपुग्दै विच बाटैमा ज्यान गुमाउने समस्या रहेको भन्दै यस्ता विकास निर्माणका विषयमा सरकारीतहबाटै गम्भिर भईदिन समेत टेरले जोडदार माग राख्नुभयो ।
टेरले भन्नुभयो–“मन्त्री ज्यूँ सडक कालोपत्रे नहुँदा दक्षिणका नागरिक अकालमै ज्यान गुमाउँदैछन्,अब कहिले यो सडक कालोपत्रे बन्छ ?” बेल्डाँडीका अर्का स्थानिय महानन्द जोशीले सडक कालोपत्रे नभएका कारण यस क्षेत्रका जनताहरु मानव भएरपनि मानवको जस्तो बाँच्न नपाएको गुनासो राख्दै सडक कालोपत्रे गरिदिन जोशीले मन्त्री समक्ष माग राख्नुभयो ।
सडक कालोपत्रे नभएका यस क्षेत्रका समग्र विकास निर्माणमा समेत बाधा उत्पन्न गरेको उनको भनाई छ । सडकका कारण दक्षिणी क्षेत्रको कृषि, उद्योगमा समस्या भएको स्थानिय जोशीको गुनासो छ । सरकारी ढिलासुस्ती र नेताहरुको बेल्डाँडीप्रति उपेक्षित व्यवहारका कारण आज सम्म पनि सडक कालोपत्रे नहुन आफैमा विडम्बना भएको जोशीको विश्लेषण छ ।
बर्षायामा बेला सडक अवरुद्ध हुँदा यस क्षेत्रका जनताहरु यातायात सेवा बाट समेत बञ्चित हुने गरेको जोशीले बताउनुभयो । दैजी देखि बेल्डाँडी सम्म १९ किलोमिटर कच्ची सडक भएकाले यस क्षेत्रको विकास निर्माण देखि समग्र राष्ट्रको विकासमा समेत असर पु¥याएको छ ।
संविधान सभा सदस्य दिवान सिह विष्टले दैजी बेल्डाँडी सडकको निकै जटिल समस्या भएकाले सडकको स्तरोन्नतीका लागि सरकारले विषेश बजेट दिएर छिटो कालोपत्रे गर्नका लागि पहल गर्नुपर्नेमा जोडदिनुभयो ।
संविधान सभा सदस्य विष्टले सिँचाईमन्त्रीले दक्षिणी क्षेत्रको विकासमा गम्भिर नभएको गुनासो पोख्नुभयो ।
उहाँले भने–“सिँचाईमन्त्री साउदले चौधर नदिको नियन्त्रणका लागि माथिल्लो भेगमा मात्रै काम गर्नुभयो । क्षेत्र नम्बर १ मा केही गरिदिएनन् ।”, उनले भने । क्षेत्र नम्बर ३मा पर्ने चौधर नदिको मात्रै सिँचाईमन्त्रीले गुरुयोजनामा पार्ने काम गरेको तर दक्षिणीतिर क्षेत्र नम्बर १ मा पर्ने चौधर नदिको गुरुयोजना छुटाएको भन्दै सभाषद विष्टले मन्त्रीको प्रति अशसन्तुष्ट पोख्नुभयो ।
यस्तै अर्का संविधान सभा सदस्य बहादुर थापाले दैजी बेल्डाँडी सडकको निकै समस्या रहेकाले यस सडकको समस्या समाधानका लागि सरकारले कालोपत्रेका लागि पहल गर्नुपर्नेमा जोडदिनुभयो । सिँचाईमन्त्री साँउदले उक्त महाकाली सिँचाईको नहर अब सडक कार्यालयले कालोपत्रे निर्माण गर्ने जिम्मा लिएका कारण अब सडकले कालोपत्रे गर्ने बताउनुभयो ।
सडक कार्यालयले दैजी बेल्डाँडी सडकलाई कालोपत्रे गर्नुपर्नेमा उहाँले जोडदिनुभयो । दैजी बेल्डाँडी सडक २४सै घण्टा खुलाउन हामी तयार रहेको उनको भनाई छ । “यो सडक अब सडक कार्यालयले छिटै कालोपत्रे गर्नुपर्छ ”, उनले भने । सडक खण्डमा पर्ने पुलहरु निर्माणका केही समयपछि टेक्का हुने समेत बताए । वारीका गाडी वारी पारीका गाडी पारी रहने अवस्था अब नआउने उनको प्रतिबद्धता छ । सदरमुकाम देखि दक्षिणी क्षेत्र जोड्ने सबैभन्दा छोटो दुरीमा रहेको सो सडक कालोपत्रे नहुँदा दक्षिणी क्षेत्रका जनताहरुले बर्षनी कष्टकर, जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।







0 facebook
यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्
Thank you for the comments on this news