निमित्त स्थानिय अधिकारी नहुदा सेवा ग्राही मर्कामा

सम्राट सिंह, जेठ १४  बझाङ- 
जिल्ला विकास समिति बझाङमा निमित्त स्थानीय विकास अधिकारी नहँदा सेवाग्राही मर्कामा परेका छन । जिल्ला विकास समितिको अख्तियारी पाएका निमित्त स्थानिय विकास अधिकारी अम्मरराज खत्री मंगलबार देखि सूदुरपश्चिमको खप्तडमा लाग्ने दशहरा मेला हेर्न गएपछि सेवाग्राही मर्कामा परेका हुन । 

स्थानिय विकास अधिकारी चन्द्रकान्त न्यौपाने करिब तीन साता अगाडि घर बिदा हिडेपछि योजना अधिकृत खत्रीले अख्तियारी पाएका थिए ।

जिल्ला विकास समितीमा स्थानिय विकास अधिकारी नहुँदा जिल्लाको विकट गाविसबाट सेवा लिन आएका सेवाग्राहीहरु ३ दिनदेखि होटलमा बस्न बाध्य छन । स्थानीय विकास अधिकारी कार्यालयमा नहुँदा जिल्लाका विभिन्न योजनाहरुको भुक्तानी तथा अनुगमन का कामहरु रोकिएका छन ।   

जिल्लामा संचालित विभिन्न योजनाका उपभोक्ता समितिका पदाधिकारीहरु समयमै सेवा नपाउँदा यतिखेर जिल्ला विकास समितिको कार्यालबाट रितो हात फर्कन बाध्य छन् । जिल्ला विकास समिति मार्फत संञ्चालन भएका योजनाहरुको सम्पूर्ण काम असार मसान्त भित्र सकेर योजनाको अनुगमन गरी असार मसान्तमै रकम भुक्तानी गरिसक्नु पर्ने प्रावधान रहेको भएतापनि स्थानिय विकास अधिकारी कार्यालयमा नबस्दा योजनाको भुक्तानी र अनुगमनमा ढिलासुत्ती भएको छ । 

जिल्ला विकास समिती मार्फत जिल्लामा संचालित विभिन्न योजनाका उपभोक्ता समितिका पदाधीकारीहरु ३ दिन देखि सदरमुकाम चैनपुरमा स्थानिय विकास अधिकारीको बाटो कुरी बसेका छन ।  

0 facebook

यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्

Thank you for the comments on this news