जिविस जुम्लामा तालाबन्दी
नन्दराम जैशी,जेठ १४ जुम्ला-
जुम्ला जिल्लामा बिभिन्न क्षेत्रमा काम गरिरहेका गैर सरकारी संघ संस्थाहरुले जिल्ला विकास समिति जुम्लामा तालाबन्दी गरेका छन् ।
तालाबन्दीका कारण जिल्ला विकास समिति जुम्लाबाट प्रवाह हुने सबै सेवा ठप्प भएका छन् ।
जिल्ला विकास समिति जुम्ला अन्तर्गत ल्अअकउ र अन्य जिल्लामा आउने कार्यक्रममा जिविसले मनपरि गरेको भन्दै तालाबन्दी गरिएको गैर सरकारी संस्था महासंघ जुम्लाका अध्यक्ष दुर्गाप्रसाद पाण्डेको भनाई रहेको छ । Nccsp कार्यक्रमको लागि जिल्ला विकास समिति जुम्लाले गैर सरकारी संस्था छनौट गरेको र अन्तमा मनपरी ढंगले काम गर्न खोजेको गैर सरकारी संस्था महासघंको आरोप रहेको छ ।
संस्था छनौटदेखि लिएर अन्य ६० प्रतिशत काम पुरा भइ सकेपछि अन्तमा जिल्ला विकास समिति जुम्लाले Nccsp कायर्यक्रम मनपरी तरिकाले सञ्चालन गर्न खोजेपछि मात्र तालाबन्दी गर्नुपरेको बताउनुभएको छ । जिल्ला विकास समिति जुम्लाले स्थानीय अनुकुलन कार्ययोजना लगाएतका Nccsp र अन्य जिल्लामा आउने श्रोतलाई सदुपयोग गर्न ध्यान नदिएको गैर सरकारी संस्थाहरुले आरोप लगाएका छन् ।
म्याग्दीको राम्चे–९ काफलडाँडा नजीकैको पहाडबाट खसेको भिषण पहिरोले राम्चेको फेदी र भगवती–२ बैसरी बस्ती पुरै पुरिँदा त्यहाँका २७ घरपरिवार अहिले घरबारविहिन भएका छन् ।







0 facebook
यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्
Thank you for the comments on this news