बिहिवार बिहान मात्र भूकम्पको ४ पटक धक्का महसुस
जेठ १४ काठमाडाैं-
बिहिवार बिहान मात्र भूकम्पको ४ पटक धक्का महसुस भएको छ । पछिल्लो पटक बिहान ५ बजेर २९ मिनेटमा धक्का महसुस गरिएको छ ।
दोलखा केन्द्र भएर ४.२ को कम्पन महशुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
त्यसअघि ५ बजेर १२ मिनेटमा काठमाडौँ केन्द्रबिन्दु भएर ४ रेक्टर स्केलको धक्का महशुस गरिएको हो भने बिहिवार बिहान ३ बजेर ७ मिनेट तथा ३ बजेर ४० मिनेटमा गोरखा र धादिङ केन्द्र विन्दु भएको ४ रेक्टर स्केलको धक्का २ पटक रेकर्ड भएको केन्द्रले जनाएको छ ।







0 facebook
यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्
Thank you for the comments on this news