बडिमालिकाको दर्शन गरी फर्किए, अख्तियार प्रमुख
जेठ १७ बाजुरा-
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्की बडिमालिका मन्दिरको दर्शन गरी काठमाडौं फर्किनु भएको छ ।
परिवारका सदस्य सहित मालिका माताको दर्शनका लागि आउनु भएका कार्की मन्दिर पुजारी सहितको टोलीका साथै मन्दिरको पुजापाठ गरेर फर्किनु भएको हो ।
कार्की शनिबार विहान साढे ७ बजे बाजुरा आउनु भई शनिबार नै काठमाडौं फर्किनु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक श्याप्रसाद पौडेले बताउनु भएको छ । कार्की व्यक्तिगत भ्रमण भन्दै सञ्चारकर्मीलाई थाहै नदिई गोप्य रुपमा हेलिकप्टर मार्फत बाजुरा आउनु भएको हो ।
बाजुरा बसाईका क्रममा कार्कीले पार्वती माविको भवन र स्थानीइ लघुजलविद्युत आयोजनाको उद्घाटन सहित पुजारीको परिवारसँग भेटघाट गरी फर्किनु भएको छ । बसाईका क्रममा स्वागतका लागि पुजारीको गाउँ कैलाशमाडौं ९ पैमा पुग्नु भएका प्रमुख जिल्ला अधिकारी लगायत अन्य सरकारी कार्यालय प्रमुखसँग पनि भेटवार्ता गर्नु भएको श्रोतले बताएको छ ।
धार्मीक आस्थाको धरोहर बडिमालिका मन्दिरको पुजा गर्न कार्की बाजुरा आउने भएपछि प्रमुख जिल्ला अधिकारी सहित कार्यालय प्रमुख शुक्रबार नै कैलाशमाडौं पुग्नु भएको थियो । स्वागतका लागि प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी, प्रहरी नायव उपरिक्षक शिक्षा अधिकारी लगायत अधिकांश कार्यालय जानु भएको थियो । भ्रमण बारे सञ्चार कर्मीसँग पनि गोप्य राखिएको थियो ।







0 facebook
यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्
Thank you for the comments on this news