हलिया सवाल बारे पत्रकारको भमिका विषयक कार्यक्रम सम्मपन्न
जेठ १७ बाजुरा-
मुक्त हलिया सवाल र समाधानका लागि पत्रकारको भूमिका विषयक छलफल कार्यक्रम मार्तडीमा सम्पन्न भएको छ । केयर नेपाल मुक्ती परियोजनाको आयोजनामा कार्यक्रम सञ्चालन गरिएको हो ।
मुक्त हलिया सवालमा पत्रकारले उठान गरेका विषय बस्तु, राज्यले सञ्चालन गरेका गतिविधि र सरोकारवाला निकायको भूमिका विषयमा छलफल गरिएको छ । अनौपचारिक रुपमा छलफल गरिएको थियो । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव नेतृत्वको टोली सहितको उपस्थितिमा छलफल कार्यक्रम सञ्चालन गरिएको हो ।
छलफल कार्यक्रममा महासंघका केन्द्रीय सचिव धुब्र लम्साल, महासंघका क्षेत्रीय संयोजक प्रकाश विक्रम शाह, पत्रकार लालबहादुर ऐर, श्रवण देउवा, बरुण पनेरु, जिल्ला अध्यक्ष मदनराज जैशी लगायतका पत्रकारहरुको सहभागिता रहेको थियो । त्यसैगरी राष्ट्रिय हलिया मुक्ती महासंघका केन्द्रीय अध्यक्ष मोहनलाल साकी केयर नेपाल मुक्ती परियोजनाका बालाराम भट्टाराई, हलिया मुक्ती समाज बाजुराका अध्यक्ष लालवीर सार्की, कार्यक्रम संयोजक टिका विकको पनि सहभागिता रहेको थियो ।
छलफलबाट प्रमाणिकरण सँगै पुर्नरस्थापनाका कार्यक्रम सञ्चालन गर्नु पर्ने, छुटेका मुक्त हलियाको तथ्याकं संकलन गर्नु पर्ने, हलिया आन्दोलनलाई पैसा मुखी मात्र नभई अभियानका रुपमा विकास गरिनु पर्ने छलफल छलफल गरिएको छ ।
१६ गाविसका मुक्त मुक्त हलियाले गाविसका केहि अगुवा र तत्कालिन सचिवका कारण आफुहरु तथ्याकं संकलनमा छुटेको दुखेसो गर्ने गरेका छन् । बर्षै देखि हलिया भएर काम गर्दा पनि हलिया होइनन भन्नु आफुहरु माथी अन्याय भएकोले तत्काल पुन प्रामाणिकरण गर्न मुक्त हलियाले माग राख्दै आएका छन् ।







0 facebook
यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्
Thank you for the comments on this news