भुकम्प पीडित पत्रकारका लागि नेपाल पत्रकार महासंघ बाजुराले १० हजार सहयोग

जेठ १७ बाजुरा-
भुकम्प पीडित पत्रकारका लागि भन्दै नेपाल पत्रकार महासंघ बाजुरा शाखाले नगद १० हजार रुपैया सहयोग गरेको छ । पत्रकार महासंघले केन्द्रीय कार्यालयले स्थापना गरेको भुकम्प पीडित पत्रकार राहत कोषमा जम्मा हुने गरी सहयोग रकम पठाएको छ । 
सहयोग स्वरुप प्रदान गरिएको रकम चेक मार्फत केन्द्रीय महासंघका सचिव धुब्र लम्साललाई हस्तान्त्रण गरिएको हो । एक कार्यक्रमका बीच अध्यक्ष मदनराज जैशीले सचिव लम्साललाई चेक हस्तान्त्रण गर्नु भएको थियो । शाखाको तर्फबाट सहयोग गरिएको रकम साझै राहत कोषमा जम्मा हुने सचिव लम्सालले बताउनु भएको छ । 
चेक ग्रहण गर्दै लम्सालले बाजुरा शाखाले देशमै नमुना काम गरिहेको र भुकम्प पीडितका लागि सहयोग गरेर थप नमुना काम गरेको भन्दै प्रसशा गर्नु भएको थियो । हस्तान्त्रण कार्यक्रममा क्षेत्रीय संयोजक प्रकाश विक्रम शाहले बाजुरा शाखाले गरेका काम र गतिविधि अन्य शाखाले पनि सिक्नु पर्ने बताउनु भएको छ । 

0 facebook

यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्

Thank you for the comments on this news