गंगा दशहरा मेला सुरु भयो खप्तडमा (फोटो कथा )
गंगराज पण्डित, जेठ १४ बाजुरा-
प्रसिद्ध धार्मिक क्षेत्र खप्तडमा गंगा दशहरा मेला सुरु भएको छ । बुधबारबाट सुरु भएको मेला तीन दिनसम्म चल्ने छ । मेला भर्न हजारौं दर्शनार्थी खप्तड क्षेत्रमा भेला भएका छन् । माइकास्थान, सहस्त्रलिङ, नागढुंगा, खप्तड बाबा कुटी, खप्तड दह, सितापाईला र त्रिवेणी स्नान घाटमा दर्शनार्थीको भीड लाग्ने गर्दछ । विभिन्न कालखण्डमा ऋÈिमुनिले तपस्या गरेको स्थलकारुपमा धार्मिक गन्र्थकारुपमा खप्तडको चर्चा गरिएको छ । सुदूरपश्चिमका ९ वटा जिल्ला मध्य बाजुरा, बझाङ, अछाम र डोटी जिल्लाको विच भागमा खप्तड क्षेत्र रहेको छ ।
समुन्द्र सतहदेखि ३ हजार दुई सय मिटर उचाईमा रहेको यो क्षेत्रमा २६ वटा ताल र ५२ वटा पाटन छन । भने यहा“ २ सय ६० प्रजातिका चराचुरुंगी, ४ सय प्रजातिका जडीवुटी, १८ प्रजातिका स्तनधारी जीव र १ सय ९२ प्रजातिका सप्तरंगी फूल पाइन्छन् । प्रत्येक वर्ष शुक्ल नबमीका दिन यो मेला लाग्ने गर्छ । पुराणमा उल्लेख भए अनुसार सत्य युगमा खेचरादी पर्बतमा सिद्धहरुले बास बस्ने तपोवन भुमीको रुपमा यसलाई बर्णन गरिए छ । त्यस क्षेत्रमा त्रिवेणी, सहस्र लिङग, खापरदह, खडुली, दुदुली लगायतका स्थानमा दर्शन गरी स्नान गरेमा मनले चिताएको फल पाईन्छ भन्ने धामिर्क विस्वास समेत रहेको छ ।
पछिल्लो समयमा यसको धार्मिक तथा पर्यटकीय गरिमा दिन प्रतिदिन बढ्दै गएको छ । बिगतका बर्È भन्दा यस बर्È यस क्षेत्रमा आउने यात्रु सख्यामा वृद्धि भएको काडा का मेला हेर्न गएका घृतराज जोशी बनाए । सुदूरपश्चिमको मुख्य पर्यटकिय क्षेत्र खप्तडमा आन्तरिक तथा वार्य पर्यटकहरु हरिया घासे भुमीका फा“टहरु, पाटन, खप्तड दह, डा“फेकोट, त्रिवेणी, नाग ढुङगा, हरिना चरि, जेठी बहुरानी, सहस्त्रलिङ लगायतका दुई दर्जन भन्दा बढी पर्यटकिय क्षेत्रको भ्रमण गरि आनन्द लिने गर्छन । पछिल्लो समयमा यो क्षेत्र युबा युबतीहरु आफ्नो प्रेम जोडीका साथ घुम्न जाने गन्तब्यका रुपमा समेत विकास हुन थालेको देखिन्छ छ ।
फोटो खप्तड डट कमबाट


















0 facebook
यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्
Thank you for the comments on this news