गर्मी बढेसंगै चिसोजन्य पदार्थको विक्रि वितरणमा तिब्रता

गोविन्द बिक, जेठ १३ दैलेख-
मौसम परिवर्तनसंगै दैलेखमा पनि गर्मी बढेको महसुस गरिएको छ । गर्मीयामसंगै दैलेखको जनजिवनमा पनि प्रतिकुल असर परेको छ । 

विगतका वर्षहरुमा खासै गर्मीको महसुस नहुने यो क्षेत्रमा यो वर्ष भने अलि बढि नै गर्मी महसुस गरिएको छ । 

नामैले काफि दैलेख जिल्लामा यो वर्ष गर्मी बढेसंगै कोक फेन्टा, फ्रुटी, ड्यु जस्ता विभिन्न किसिमका चिसो पेय पदार्थको बिक्रि वितरण धेरै भएको ब्यापारीहरु बताउछन् । प्राचिनकालमा धेरै मात्रामा पशुपालन गर्ने र दुग्धजन्य पदार्थ उत्पादित मानिने यो जिल्लामा अहिले आएर गर्मीको महसुस हटाउनका लागी दहिको विक्रि वितरण पनि बढिरहेको छ । 

दैलेख सदरमुकाम लगायत आसपासका विभिन्न ठाउका खाजा पसलहरुमा बाटो हिड्ने जो कसैले पनि चिसोको परिकार तथा दहि सोध्ने गरेको स्थानिय व्यपारीहरु बताउछन् । गर्मी कै कारणले गर्दा दैलेख सदरमुकामका दिउसोको समयमा व्यापरिक पसलहरुमा ग्राहकको चाप न्यन देन्छि भने बिहान बेलुका मात्रै अलि अलि देखिन्छ । गर्मीबाट बच्नका लागी दिउसो समयमा सितलो ठाउँमा बस्न, शरिरलाई चिसो बनाउन चिसो पेय पदार्थको सेवन गर्न, पातलो र हावा नछिर्ने खालका कपडा प्रयोग गर्न स्वास्थ्यकर्मीहरुले सुझाव दिएका छन् ।

0 facebook

यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्

Thank you for the comments on this news