कर्णालीबाट १८ लाख रुपैयाँ भन्दा बढीको सिमी र फापर काठमाडौंमा निर्यात
कृष्णमाया उपाध्याय,जेठ १३ जुम्ला-
कर्णाली अञ्चलको जुम्ला र कालिकोट जिल्लाबाट १८ लाख ९ हजार ७ सय रुपैयाँ बराबरको खाद्ययन राजधानी पठाईएको छ ।
कर्णालीमा उत्पादन भएको अर्गानिक सिमी र फापरको पहिचान कायम गर्न र उत्पादन बढाउनको लागी आर्थिक वर्ष २०७०/०७१ बाट राजधानी पठाउन शुरु गरिएको हो ।
जुम्लाबाट ७० क्वीन्टल सिमी र ५० क्वीन्टल फापर गरी १ सय २० कुन्टल खाद्ययन्न काठमाडौं पठाईएको नेपाल खाद्य संस्थान शाखा कार्यालय जुम्लाका प्रमुख पूर्ण प्रसाद दाहालले जानकारी दिनु भयो । उहाँका अनुसार सिमी १ सय ५ रुपैयाँमा खरिद गरेर ७ लाख ३५ हजार रुपैयाँ र फापर ८० रुपैयाँमा खरिद गरेर ५० क्वीन्टलको ४ लाख गरी जुम्लाबाट मात्रै ११ लाख ३५ हजार रुपैयाँको खाद्ययन्न निर्यात भएको छ ।
कर्णालीको कालिकोट र जुम्लाबाट गरी ९४ क्वीनटल फापर र १ सय क्वीनटल सिमी गरी १ सय ९४ क्वीन्टल खाद्ययन्न राजधानीमा निर्यात भएको छ । जुम्लामा पुस महिना देखि फागुन महिना सम्म फापर र सिमी संकलन गरिएको थियो ।
काठमाडौं पुगिसकेपछि मात्रै कार्यालयले गे्रडिङ्ग, लेवलिङ्ग र प्याकेजिङ्ग गरेर मिसी १ सय ५० रुपैयाँमा र फापर १ सय रुपैयाँमा बिक्री गरिरहेको शाखा प्रमुख दाहालले बताउनुभयो । माग बढे पनि माग अनुसारको सिमी र फापर निर्यात गर्न नसकिएको कार्यालयले जनाएको छ ।







0 facebook
यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्
Thank you for the comments on this news