दैलेखमा भुकम्प पिडीतहरुका लागी २० लाख ६८ हजार राहात रकम संकलन
खगेन्द्र रानामगर, जेठ १३ दैलेख-
गएको बैशाख १२ गते आएको बिनाशकारी भुकम्पमा परि पिडीत हुनेहरुको लागी दैलेख जिल्लाबाट २० लाख ६८ हजार ६ सय २७ रुपैया राहत संकलन भएको छ ।
जिल्लास्थीत बिभीन्न सरकारी तथा गैरसरकारी कार्यालय, संघ सस्था तथा बिभीन्न व्यत्तीत्वहरुबाट गरि उक्त राहात रकम संकलन भएको जिल्ला प्रशासन कार्यालय दैलेखले जनाएको छ । यसैबिच भुकम्पमा परि पीडीत भएका दैलेखका बिभीन्न गाबिसका २ जनालाई राहत रकम बितरण गरिएको छ ।
बैशाख १२ गतेको भुकम्पमा परी पिडीत भएका दैलेखको नाउलेकटुवालका कलमे दमाई र बिशाला गाबिसका टिका बिस्वकर्मालाई रु. ५/५ हजारका दरले राहात रकम प्रदान गरिएको हो ।







0 facebook
यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्
Thank you for the comments on this news