मानव अधिकार अलङघनका घटनाहरु सवै नेपालिका साझा समस्या हुन : गुरुङ

जेठ १४ धनगडी-
दोन्द्धकालमा भएका मानव अधिकार अलङघनका घटनाहरु सवै नेपालिका साझा समस्या भएको भन्दै यस्को समाधान गर्न सवै नेपालीले लाग्नु पर्ने सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष सुर्यकिरण गुरुङले बताउनु भयो ।

सत्य निरुपण तथा मेलमिलाप आयोगको आयोजनामा बिहिवार धनगढीमा पत्रकार संग गरिएको छलफल तथा अन्तरक्रिया कार्यक्रममा उहाँले सो कुरा बताउनु भएको हो । 

तत्कालीन विद्रोहि पक्ष र राज्य पक्षबाट दोन्द्धकालिन समयमा भएका मानव अधिकार अलङघनका घटनाबाट कति पिडित भए भन्ने तथ्याङ्क अहिले सम्म  कसै संग  नभएकाले तत्कार त्यस्ता  दोन्द्धपिडितले अझसम्म  न्याय पाउन नसकेको उहाँले बताउनु भयो । 

दोन्द्धकालिन समयमा महिला माथि भएका हिंसाका घटनाहरु समाज बाट विस्थापित हुन डरले महिलाले बाहिर ल्यायन नसकेको अध्यक्ष गुरुङले बताउनु भयो । त्यो समयमा महिला माथि धेरै हिसां भएको हुनसक्ने आसंका गरिएको छ ।

0 facebook

यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्

Thank you for the comments on this news