पत्रकारितामा एउटा क्रान्तिको आवश्यकता
कुण्दन पाण्डे -
श्रमजिबि पत्रकार संघको आबश्यकता खड्किदै यहा
राज्यका चौथो अंगको रुपमा चिनिएको पत्रकारीता पेसामा घेरै जसो समस्या,बाधाब्यबधान रहेकोले त्यस्ता समस्याहरुको समाधान,कार्यान्वयन र संम्बोधनका लागि सञ्चारमाध्यममा काम गर्ने पत्रकार हरुको एक संगठन हुनु आबश्यक रहेको छ ।
कति दिन धमिलो पानिमा माछा मारि रहने,, अरुको पक्षमा बोलि रहने पत्रकारहरुको पक्षमा कस्ले बोल्ने भन्ने कुरा यहा महत्वपुर्ण हुनु पुगेको छ ।
पत्रकारि पेसामा आबद्ध ब्यक्तिहरुले उठाउनु पर्ने मुद्धाहरु र राज्य,सम्बन्धित निकाय र सञ्चार माध्यमले कार्यान्वयन गर्नु पर्ने बुदाहरु ।
१—श्रमजिबि पत्रकार ऐन तत्काल कार्यान्वयन र लागु हुनु पर्दछ ।
२— सञ्चार माध्यममा काम गर्ने पत्रकार अर्थात सञ्चार कर्मिलाई उचित पारिश्रमिकको ब्यबस्था हुनु पर्दछ ।
४—सञ्चार माध्यमले पत्रकार र काम गर्ने कर्मचारिहरुलाई साप्ताहिक, मासिक, पर्बबिसेस,बिरामि लगायत अन्य बिदा दिनु पर्ने ब्यबस्था हुनु पर्दछ । कर्मचारिहरुले पर्ब बिसेस,बिदाको दिन काम गर्नेको खण्डको थप पारिश्रमीकको ब्यबस्था हुनु पर्दछ र कामको समयसिमा समेत निर्धारण हुनु पर्दछ ।
३— सञ्चारमाध्यममा काम गर्ने पत्रकार वा सञ्चारमाध्यमले अनिबार्य रुपमा नियुक्तिपत्र दिनु पर्ने छ ।
६—सञ्चारमाध्यमले सञ्चार माध्यममा कार्यरत्त कर्मचारिहरुको तलब मासिक,त्रैमारिक, अर्थात चौमासिक रुपमा उपलब्ध गराउनु पर्दछ ।
५—सञ्चार माध्यमहरुका बिचमा भईरहेको अपुर्ण पतिस्पर्धा बन्द हुनु पर्दछ । अपुर्ण प्रतिस्पर्धालेसञ्चारमाध्यम र सञ्चारकर्मि लगायत काम गर्ने कर्मचारिलाई पनि समस्यासिर्जना गरेको छ । सरकारले तोकेका दररेटका बिज्ञापन,सुचना प्रसारण, प्रकासन गर्नु पर्ने र त्यसो गरेको नपाईएमा कारबाहिको ब्यबस्था हुनु पर्दछ ।
८— पत्रकारिता भित्रका खराब कुरिति जस्तै कालो पत्रकारिता बन्द हुनु पर्दछ । कसैले यसो गरेको पाईएमा उचित कारबाहिको ब्यबस्था हुनु पर्दछ । दैनिक,साप्ताहि र मासिक रुपमा रिपोटिङ नगर्ने ब्यक्तिहरुलाई पत्रकारको सुचि बाट हटाईनु पर्दछ ।
७—पत्रकारितामा समेत राजनितिकरण हुदा निकै समस्या भईरहेकोले राजनितिक रुपमा झुकाम भएका, खुलेआम रुपमा राजनितिकदल संग आबद्ध ब्यक्तिहरुलाई र संस्था सञ्चारमाध्यमलार्र्ई पत्रकारिता बाट हटाईनु पर्दछ । यदि यसोगरेको पाईएमा कारबाहिको ब्यबस्था हुनु पर्दछ ।निस्पक्ष रुपमा काम गर्ने बाताबरण सिर्जना हुनु पर्दछ ।
९— लामो समय जस्तै २०—२५ बर्ष पत्रकारिता गरेका ब्यक्तिहरुलाई राज्यले उचित कोष र पेन्सनको ब्यबस्था गर्नु पर्दछ ।
कतिदिन भोकभोकै पत्रकारिता गर्ने कतिदिन धमिलो पोखरिमा नै माछा मारिरहने, अरुको पक्षमा बोल्दाबोल्दै आफ्नो पक्षमा कोले बोल्ने भन्ने भन्ने प्रश्न यहा उठ्न पुगेको छ । रातदिन काम गर्दागर्दा गदै उचित पारिश्रमिक नपाउने ,दिन्छु भनेको पारिश्रमिक पनी समयमा नपाउने,पारिश्रमिक माग्दा धम्की खानु पर्ने बाध्यतालाई अब अन्त्य गरिनु पर्दछ ।
१० — पत्रकारहरुको भबिष्य सुनिश्चित नहुदा एक किसिमको निरासा छाएकाले भबिश्यको सुनिश्चितताका लागि सरकारी कार्यालयमा सुचना अधिकारि पत्रकारिता पढेका र गरिररहेका ब्यक्तिहरुलाई राख्ने ब्यबस्था हुनु पर्दछ । त्यसका लागि सरकारले यथासिघ्र बिज्ञापन खोल्नु पर्दछ ।
अब यि माथिका बुदाहरुको बारेमा हामिले सोचेनौ र बोलेनौ भने पत्रकारिता गर्ने ब्यक्तीहरुको भबिष्य अन्धकार रहेको छ । अब हामिले आफ्नो पक्षमा बोल्ने र काम गर्ने संगठनको निर्माण गर्नु पर्ने आबश्यकता देखिन्छ ।
अब सबै सञ्चारमाध्यम, छापा माध्यममा काम गर्ने कर्मचारि पत्रकारहरुले थप क्रान्ति गनु पर्ने आबश्यता देखिन्छ ।
आज हामिले यि मुदाहरु उठाउनु सकेनौ भने पत्रकारितामा हाम्रो भबिष्य अन्धकारमय रहेको छ । अब छिट्टै श्रमजिबी पत्रकार संघ गठनको तयारिमा रहेका छौ ।
-लेखक : रेडियो सुदूरआवाजमा आवद्ध हुनुहुन्छ ।







0 facebook
यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्
Thank you for the comments on this news