सोलुखुम्बुबाट राजधानी जाने यात्रुको सख्या बढ्यो

भोजराज कार्की,जेठ ११ सोलुखुम्बु-
केही दिन एता गाऊबाट राजधानी जाने यात्रुको सख्यामा बृद्धि भएको छ । 
 
भुकम्पका कारण राजधानीबाट गाऊ आएका मानिसहरु पछिल्लो समय आफ्नो नियमीत कामका लागी राजधानी फर्कनथालेका हुन् । 
 
गत बैशाख १२ र २९ गतेको महा भुकम्पले घरमा क्षतीपु¥याएसंगै अस्थायी टहरा निर्माण गर्न तथा आफन्तजनसंगको भेटघाटमा आएका उनीहरु धमाधम जीपमार्फत फर्कन थालेको दुधकुण्ड काउण्टर नेलेका इन्चार्ज लालबहादुर गुरुङले बताउनुभयो । 
 
भुकम्पको गएलग्तै राजधानी जानेभन्दा गाऊ आउनेको लर्क बढी देखिन्थ्यो । विभिन्न टिकट काउण्टरबाट राजधानीमा यात्रु लिनलाई रित्तै फर्कने जीप यतीबेला खचाखच यात्रु लिएर जाने गरेको छ । सोलुखुम्बुको नेलेमा दैनिक आधादर्जन क्यूमा बस्ने जीपले यतीबेला काउण्टरमा आएका यात्रुसमेत उठाउन नसक्ने काउण्टर इन्चार्ज गुरुङको भनाई छ ।

0 facebook

यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्

Thank you for the comments on this news