राहत वितरणमा अनियमितता भए कारवाही गर्ने : प्रधानमन्त्रि कोइराला
जेठ ११ काठमाडाैं-
देशका प्रधानमन्त्री सुशील कोइरालाले राहत वितरण अनियमितता गरेर जोसुकैलाई पनि कारवाही गर्ने बताउनु भयो ।
सरकारी कोषमा जम्मा भएको रकम सहि ढंगले खर्च गराउने प्रतिवद्धता जनाउँदै प्रधानमन्त्री कोइरालाले राहात रकममा केहि तलमाथि भएमा मन्त्रीलाई समेत जेल हाल्ने समेत बताउनु भएको छ ।
देशका विभिन्न संघ–संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बुझाएको रकम बुझ्दै र प्रधानमन्त्री कोइरालाले राहात रकमको पारदर्शीता र सदुपयोगमा शंका नगर्न आग्रह गर्नुभयो । उहाँले भूकम्प प्रभावितहरुलाई सहयोग गर्न सरकारी संयन्त्र नै प्रयोग गर्न आग्रह गरेका प्रधानमन्त्रीका प्रेस सहयोगी प्रकाश अधिकारीले जानकारी दिनुभयो ।
कुनै जिल्लामा राहत नै राहत र कुनैमा खाने कुराको समेत अभाव बारेमा आफुलाई जानकारी भएको पनि उहाँले बताउनुभयो । सबै स्थानमा राहत पुगोस् भनेर नै सरकारले एकद्धार प्रणाली लागू गरिरहेको पनि उहाँको भनाईछ ।
सोमबार प्रधानमन्त्री कोइरालालाई भेटी प्राइम बैंकले ५० लाख, नेपाल सुनचाँदी व्यवसायीहरुले २५ लाख, कर्जा सुरक्षण निगमले २७ लाख, कलाकारहरुले जम्मा गरेको ५ लाख, दिपकर फाउन्डेसनले १० लाख, कास्टमन्डप विकास बैंकले ५ लाख रकम कोषमा जम्मा गरेका छन् ।







0 facebook
यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्
Thank you for the comments on this news