जाइकाले आफ्ना परियोजनालाई भूकम्प प्रभावितको हितमा केन्द्रित गर्ने

जेठ १३ काठमाडाैं-
जापान अन्तर्राष्ट्रिय सहयोग संस्था (जाइका) ले नेपालमा सञ्चालित आफ्ना परियोजनालाई भूकम्प प्रभावितको हितमा केन्द्रित गर्ने बताएको छ । 

जाइकाका अध्यक्ष अकिहिको तानाकाले मंगलबार प्रधानमन्त्री सुशील कोइरालालाई भेटेर भूकम्प प्रभावितको हितका लागि नेपालमा सञ्चालित आफ्ना सबै परियोजनामा लचकता अपनाउने बताउनुभयो । 

जाइकाले शिक्षा, स्वास्थ्य, खानेपानीमा गरिएको सहयोगलाई विपद व्यवस्थापनसँग जोड्ने बताएको छ ।  जाइकाका अध्यक्ष तानाकाले भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुननिर्माणका लागि गर्ने सहयोगका बारेमा जाइकाले अनुसन्धान गरिरहेको बताउनुभयो ।  

प्रधानमन्त्री कोइरालासँगको भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै आफू सहयोगको प्रतिबद्धता जनाउन नभई क्षतिको वस्तुस्थिति बुझ्न नेपाल आएको बताउनुभयो । प्रधानमन्त्री कोइरालाले भने भूकम्पका कारण नेपालले ठूलो क्षति व्यहोरेको भन्दै पुननिर्माणमा सहयोग गर्न जाइकाका अध्यक्ष तानाकासँग आग्रह गर्नुभएको थियो । उहाँले भूकम्पपछिको पुननिर्माणमा जापानसँग राम्रो अनुभव रहेकाले त्यो अनुभवबाट नेपालमा पुनःनिर्माणमा सहयोग गर्न आग्रह गर्नुभयो ।   

,

0 facebook

यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्

Thank you for the comments on this news