भ्रष्टाचारको आरोपमा फिफाका पदाधिकारी पक्राउ
जेठ १४ काठकाडाैं-
स्वीट्जरल्यान्डको प्रहरीले विश्व फुटबल महासंघ (फिफा)का केही पदाधिकारीलाई हिरासतमा लिएको छ ।
अमेरीकी पत्रिका ‘न्युयोर्क टाइम्सले जनाएअनुसार बुधबार बिहानै स्वीस प्रहरीको एक टोलीले फिफा पदाधिकारीहरु बसेको स्वीट्जरल्यान्डको ज्युरीचस्थित एक होटलबाट केही पदाधिकारीलाई नियन्त्रणमा लिएको हो ।
स्वीस प्रहरीले हिरासतमा लिएका फिफा पदाधिकारीबारे केही जानकारी नदिएपनि उच्चस्रोतले फिफा उपाध्यक्षहरु जेफ्री वेब र युजेनियो फिगुरेडो, कार्यकारी सदस्यहरु ज्याक वार्नर, ईडुवार्डो ली लगायतलाई गिरफ्तार गरिएको दाबी गरेको छ । उनीहरुलाई कालोधन थुपारेको अभियोगमा अमेरीकी निकायमा मुद्दा चलाइनेछ ।







0 facebook
यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्
Thank you for the comments on this news