आर्थीक जाहोका लागी बिद्यालय छोडेर बिद्यार्थीहरु यार्सा टिप्न डोल्पातिर
मनिष खड्का, जेठ १४ रुकुम-
कमजोर आर्थिक अवस्थाका कारण रुकुमको प्वाङ गाविसमा रहको हिमालय उच्च माविमा कक्षा ११ र १२ मा अध्यनरत बिद्यार्थीहरु यार्सागुम्बा टिप्न डोल्पातर्फ लागेका छन् ।
आयस्तर निम्न भएका परिवारका बिद्यार्थीहरु आर्थीक जाहोका लागी बिद्यालय छोडेर यार्सा टिप्न गएका हुन् ।
परिक्षा नजिकिए पनि परिक्षा फारम भरेका बिद्यार्थीहरु विद्यालयबाट प्रवेश पत्रनै ननिकालि यार्सा टिप्न डोल्पाका विभिन्न पाटनतर्फ लागेको बिद्यालयले जनाएको छ । परिक्षा फारम भरेका १ सय बिद्यार्थी मध्य ७५ जनाले प्रवेश पत्र नलिएको प्राचार्य मोहन कुमार रोकामगरले बताउनुभयो ।
अघिल्लो वर्ष १६ जना बिद्यार्थी परिक्षामा अनुपस्थित भएका थिए भने यो वर्ष त्यो भन्दा धेरै विद्यार्थी परिक्षामा सामेल नहुने बिद्यालयले आशंका गरेको छ । बिद्यालयले आगामी १८ गते भित्र जसरी पनि प्रवेश पत्र लिन सम्पुर्ण बिद्यार्थीलाई आग्रह गरेको छ ।
अघिल्ला वर्षहरुमा परिक्षा सकिएपछि यार्सा टिप्न जाने बिद्यार्थीहरु यो वर्ष परिक्षा ढिलो सुरु हुनेभएपछि परिक्षाको माया मारेरै डोल्पा गएका हुन् । यस अघि स्थगीत कक्षा १२ को जेष्ठ २० र ११ को परिक्षा असार ११ गतेका लागी तोकिएको छ । जिल्लाका पुर्वी क्षेत्रका धेरै जसो विद्यालयका शिक्षक तथा बिद्यार्थीहरु यार्सा टिप्न जाने गरेकोले यो समयमा प्राय बिद्यालयहरु बन्द हुने गर्दछन् ।







0 facebook
यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्
Thank you for the comments on this news